
धरान: धरान नगर अन्तर वडा महिला नकआउट रनिङकप फुटबल प्रतियोगिताको को उपाधि धरान २० ले चुमेको छ ।
धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा धरान ११ लाई १–० ले पराजित गर्दै धरान २० ले उपाधि चुमेको हो । खेलमा धरान २० का संञ्जिता राईले ३१ औ मिनेटमा गरेको गोल नै निर्णयक गोल बनयो ।
उपाधिसँगै धरान २० ले नगद ९० हजार पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता धरान ११ ले नगद ४५ हजारमा चित्त बुझाउनु पर्यो ।
प्रतिस्पर्धात्मक खेल धरान ११ को तर्फबाट कयौ प्रहार विफल हुँदा धरान ११ ले उपविजेतामा चित्त बुझाउनु परेको हो ।
फाइनलको म्यान अफ द म्याच धरान २० का सञ्जिता राई घोषित भईन। उनले नगद १ हजार ५ सय प्राप्त गरे ।व्यक्तिगत विधाको पुरस्कारमा पनि धरान २० ले वर्चस्व कायम गर्यो ।
वेस्ट गोलकिपर धरान २० की अनिशा राई, बेष्ट कोच दिनेश राई घोषित भए । उनीहरूले जनही नगद ३५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्लेयर अफ टुनामेन्ट धरान २० का बिजेता राई घोषित भईन ।उनले नगद ५५ सय सहित ट्रफी र मेडल प्राप्त गरिन ।
धरान ११ को तर्फबाट बेष्ट मिड फिल्डर अनिसा राई हार्ईस्कोर शिक्सा याक्खा र धरान १८ को तर्फबाट राईजिङ प्लेयर प्रशंसा राई घोषित भए । उनीहरुले नगद ३५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

