
धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिता ललित अम्बर फुटबल कप, दिलकुमार प्लेट च्याम्पियनसिपको २० औँ संस्करण २०८२ बिहीबार सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकेडेमी धरान ११ लाई १–० गोलले पराजित गर्यो ।
आयोजक डिपोका जर्सी –१० का खेलाडी करन खड्काले ११ औँ मिनटमा गरेको गोल नै निर्णय गोल भयो । खेलको म्यान अफ द म्याच डिपोका खेलाडी करन खड्का घोषित भए । उनलाई उद्घाटन खेलका प्रमुख अतिथि विष्णुकुमार राईले पुरस्कार वितरण गरेका थिए ।
नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिर गरी १६ विद्यालयहरूको सहभागिता रहेको छ ।
डिपो कप विजेताले रनिङ शिल्ड सहित नगद ११ हजार १११ रुपैयाँ पुरस्कार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले नगद ७ हजार १११ रुपैयाँ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने विद्यालयले नगद ५ हजार १११रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।
प्लेट च्याम्पियनसिपमा प्रथम हुने विद्यालयले नगद ३ हजार १११ रुपैयाँ रनिङ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । प्लेट रनर अप ले नगद २ हजार१११ रुपैयाँ सहित रनिङ शिल्ड प्रमाणपत्र सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पहिलो आउनेलाई पहिलो दर्ता गरिने नियमअनुसार प्रतियोगितामा १६ विद्यालय रहेको हो ।
भोलिको पहिलो खेल एप्पल मन्टेसरी र नोबेल एकाडेमीबीच हुनेछ। प्रतियोगिताको अन्तिम खेल पुस ३ गते हुनेछ । डिपो कपमा पहिलो खेलमा पराजित विद्यालयहरू बिच पनि प्रतियोगिता हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार लिम्बूको सम्झना हुने यो प्रतियोगितालाई लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ दिइएको हो।

