खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: धरान –११ फाइनलमा

धरान: धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा धरान ११ ले धरान २ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दे फाइनल प्रवेश गरेको छ ।

धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खोलमा धरान ११ की शिक्सा याक्खाले ४ गोल गर्दै धरान ११ फाइनलमा पुगेको हो ।

याक्खाले पहिलो हाफको खेलको २२ औ मिनेट दोस्रो हाफको ८ ,१९ र २४ औँ मिनेटमा ४ गोल गरेकी थिइन ।

बुधवार भएको खेलको ‘फेयर प्ले अफ द म्याच धरान ११ की शिक्सा याक्खा नै घोषित भइन ।याक्खाले नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

शनिवार हुने फाइनल खेल धरान ११ र धरान २० बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ ।

व्यक्तिगत विधातर्फ ‘फेयर प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मीड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान १६ ले गरेको

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक