
धरान : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान २० ले धरान १८ लाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको छ
धरान १६ रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान २० का खेलाडी सञ्जिता राईले ४ औ मिनेटमा १ गोल, १२ औ मिनेटमा तेरिसा मगरले १ गोल, बिजेता राईले खेलको १९,२५,३० र ४६ औ मिनेटमा ४ गोल र दिपिसा राईले ३८ औं मिनेटमा १ गोल गरिन् ।
खेलको ‘फेयर प्ले अफ द म्याच धरान २० की बिजेता राई घोषित भइन् ।राईले नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ ।
व्यक्तिगत विधातर्फ ‘फेयर प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान १६ ले गरेको हो । भोली हुने प्रतियोगिता धरान वडा ११ र १३ काबिच हुने आयोजकले जनाएको छ ।

