
धरान: यु–१३ उमेर समूहको सहभागितामा शनिबार सम्पन्न धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अन्डर–१३ च्याम्पियन मिङ्गसोहाङ लिम्बू बनेका छन्। उनले उपाधिसँगै नगद ५ हजार, ट्र्फी र प्रमाणपत्र प्राप्त गरे।
उपविजेता बनेका निशान शेर्पाले नगद ३ हजार ट्रफी तथा प्रमाणपत्र पाए। तेस्रो स्थान हासिल गरेका समर्थमान श्रेष्ठ र सुवन चेम्जोङले नगद १ हजार ५ सय / १ हजार ५ सय ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
बि–लेभल खुला तर्फ डबल्समा गौरव लिम्बू र निर्मला राईको जोडी प्रथम बने। सुवास लिम्बू र हरि मगरको जोडी द्वितीय भए। नुनिराम राई, भावना राई र राजकुमार राई, भुवन राईको जोडीले तृतीय स्थान हासिल गरेसँगै विजेताले नगद २० हजार, उपविजेताले १० हजार ५ सय र तेस्रो हुनेले ५ /५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
नौलो पथ व्याडमिन्टन क्लव धरान १५ को आयोजानामा आयोजित प्रतियोगिता धरान उपमहानगरपालिका–१५ नं. वडा कार्यालयको सहकार्य तथा सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
प्रथम पुरस्कार सिप्रदी अटो पार्ट्सले प्रायोजन गरेको थियो।
प्रतियोगिताको उद्देश्य स्थानीय तहमा व्याडमिन्टन खेलप्रति आकर्षण बढाउने,प्रतिभावान खेलाडी पहिचान र प्रोत्साहन गर्ने र बाल–किशोरमा स्वस्थ खेलभावना विकास गर्नु रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाले पुरस्कार वितरण गर्दै खेलकुदले समाजमा एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा विकास गर्ने उल्लेख गरे।
उनले भने—“धरानमा बालबालिका र युवामा खेलप्रतिको आकर्षण बढिरहेको छ। यस्ता प्रतियोगिताले नयाँ प्रतिभा जन्माउँछ।”
प्रतियोगितामा अन्डर–१३ उमेर समूहदेखि बी–लेभल तर्फ डबल्ससम्मका विभिन्न समूह समावेश गरिएको थियो।
आयोजकले बाल–किशोरमा देखिएको खेलप्रतिको बढ्दो रुचिले आगामी दिनमा राष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडी तयार हुने विश्वास व्यक्त गरेका छन्।
समापन समारोहमा उपप्रमुख बेघा, विशेष अथितीमा अनुसन्धन व्युरोका डिआईजी इन्द्र लामा, वडा प्रतिनिधि तथा सुनसरी जिल्ला ब्याडमिन्टन संघका पदाधिकारीले विजेताहरूलाई पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए।
आयोजक समितिले आगामी वर्ष प्रतियोगितालाई अझ विस्तारित गर्दै धरान स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने तयारी थालिएको छ।

