
विकाश चाम्लिङ राई
हङकङ: नविन सुब्बाद्धारा निर्देशित चलचित्र “ गाँउ आएको बाटो” हङकङ स्थित हङकङ एकेडेमि अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्यनका लागि वुधवार प्रदर्शन गरिएको छ ।
युनिर्भसिटिका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्म बारे लेखिएको समिक्षा पढे पछि युनिर्भसिटिका फिल्म निर्माणका विद्यार्थीहरु माझ अध्यनका लागि युनिर्भसिटिले नेपाली चलचित्र “गाँउ आएको बाटो” प्रदर्शन गरिएको निर्माता अमोद राईले जानकारी गराए । “गाँउ आएको बाटो” नेपालको पहिलो हङकङको बक्स अफिसमा प्रर्दशन भएको चलचित्र रहेको समेत निर्माता राईले वताए । यस संगै युनिर्भसिटिका फिल्म निर्माणका विद्यार्थीहरुलाई अध्यनका लागि देखाइएको पहिलो विदेशि चलचित्र पनि “गाँउ आएको वाटो” बन्न सफल भएको छ ।
करिव तिन दर्जन विद्यार्थी र प्रोफेसरले युनिर्भसिटिको आफ्नै थियटरमा फिल्म हेरेका थिए । फिल्म प्रदर्शन पछि गाँउ आएको बाटोका निर्माता अमोद राई संग फिल्म निर्माणका विद्यार्थी र प्रोफेसरहरु विच चलचित्र वारे अन्तरक्रिया कार्यक्रम चलेको थियो । करिव एक घण्टा चलेको अन्तरक्रियामा चलचित्र “गाँउ आएको बाटो” सम्वन्धि डाइरेक्सन, छायांन, निर्माण, अभिनय, एडिटिङ्ग, ध्वनि लगायत वारे अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा युनिर्भसिटिका प्रोफेसर सिन यीम र वर्न लोले मध्यस्थकर्ताको भुमिका निभाए । ।
गाँउमा शहरीकरण हुदै सुविधा आउदा त्यसले गाउको रैथाने मौलिकता, पहिचान र संस्कृति माथि परेको असर वारे उठाइएको विषयमा वनेको चलचित्र “ गाँउ आएको बाटो” विदेशको वक्स अफिसमा प्रर्दशन भएको पहिलो नेपाली चलचित्र रहेको निर्माता राईले वताए । हङकङ संगै युके र थाइल्याण्डमा समेत वक्स अफिसमा रिलिज भएका थिए । यसले स्तरिय नेपाली चलचित्र वनाउन सके विदेशी हलहरुमा समेत नेपलाी फिल्महरुलाई व्यावसायीक रुपमा फिल्म चलाउन वाटो खुलेको उनले वताए । चलचित्र “गाँउ आएको बाटोे” टोरन्टो अन्तराष्ट्रिय फिल्म फेस्टिवल, वुसान साउथ कोरिया, सालपाउलो व्राजिल, गोटनवर्ग स्विडेन, मामि इन्डिया र चाइननाको वेइजिङ अन्तराष्टिय फिल्म फेस्टिवलमा समेत प्रदर्शन भएको थियो ।
नेपालमा सुपरहिट रहेको चलचित्रमा दरिएको “गाँउ आएको बाटो” मा कलाकारहरु दयाहाङ राई, पशुपति राई, वाल कलाकार पसन राई र प्रेम सुव्वाको मूख्य भुमिका रहेको छ । चलचित्रको छायांकन अधिकांश भोजपुर जिल्ला र केहि भाग धरानमा गरिएको थियो ।

