
धरान: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर भएको अशान्त वातावरणमा फागुन २१ मा चुनाव नहुने बताएका छन ।
बिहीबार धरानको हरियाली सामुदायिक वनमा आयोजित प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग भने फागुन २१ का लागि प्रस्तावित निर्वाचनबारे भय र अशान्त वातावरणमा प्रहरीको मनोवल गिरेको अवस्थामा निर्वाचन हुने अनिश्चितता बढेको बताए । फागुन २१ मै चुनाव हुनुपर्छ भन्ने अडानमा आफु र पार्टी स्पष्ट रहेको तर वर्तमान परिस्थितिमा निर्वाचनको सम्भावना कमजोर देखिएको टिप्पणी गरे।“फागुन २१ को निर्वाचन सैद्धान्तिक रूपमा आवश्यक छ, तर व्यावहारिक रूपमा अहिलेको स्थिति हेर्दा चुनाव हुन सक्दैन। चुनाव शान्ति, स्थिरता र सक्षम वातावरणमा मात्र सम्भव हुन्छ।,”
उनले भने, “हामी फागुन २१ को निर्वाचनको पक्षमा अडिग छौँ, तर अहिलेको अशान्त वातावरण हेर्दा चुनाव हुने जस्तो देखिँदैन। चुनाव शान्ति, स्थिरता र सक्षम वातावरणमा मात्र हुन्छ।”
उनले भने ‘राष्ट्र राजनीतिमा आवश्यकताको सिद्धान्त आवश्यक छ। यादवले राज्य प्रति जिम्मेवार हुने बेलामा एमाले काग्रेसले राष्ट्र प्रति जिम्मेवारिपुर्वक प्रस्तुत नभएको कारण यो हालको अवस्था सिर्जना भएको र आएको बताए ।
उनले समाजवादी यात्रामा फुटेर होईन जुटेर कार्यगत एकता गर्दै दलभित्रको एकता आवश्यक रहेको बताए । सञ्चारकर्मीको नेपाली कम्युनिष्ट पार्टीसँगको एकता बारे प्रश्न गर्दा यादवले भने हाम्रो जसपा पार्टी कम्युनिष्ट पार्टी होईन समाजवादी पार्टी हो । कम्युनिष्ट पार्टीसँग विचार सिद्धान्त नमिलने बताए । हामी समाजवार्दी पार्टी हौ । कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता हुदैन ।
सञ्चारकर्मीको अशोक राईको पार्टीसँग एकता कहिले हुने भन्ने प्रश्नमा यादवले जसपाबाट टुटेर गएको अशोक राई समूहलाई जवाफ दिदै ‘अधिकारिकता नभएको समूहसँग एकताको अर्थ हुँदैन। छुटेर जानुभयो, फर्केर आउनुस्—हाम्रो आग्रह यही हो।”
अशोक राईलाई लक्षित गर्दै यादवले भने, “कता–कता भागिरहनु भन्दा आफनै घर फर्केर आउनु भनेको मात्र हो। अन्त दुनियाँ तिर छिरेर दिन काट्नु भन्दा आउनुस्, मूल पार्टीमै सँगै काम गरौँ।” भन्दै ‘पुनः आफनौ घर फर्किन आग्रहसमेत गरे।यादवले पार्टीको आन्तरिक एकता, र राजनीतिक स्थिरता देशको उन्नत भविष्यका लागि युवापुस्ताले महत्वपूर्ण र जिम्मेवार भुमिका खेल्नुपर्ने बताएका छन्।

