खेलकुद

‘सुनाखरी रेड’ सुनाखरी एकेडेमी कपको बिजेता

‘सुनाखरी रेड’ सुनाखरी एकेडेमी कपको बिजेता

धरानः सुनसरी जिल्ला अन्तर विद्यालय सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको बिजेता आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रेडले चुमेको छ ।

एन्फा टेक्निकल सेन्टरमा बुधवार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि चुमेको हो । ट्राईबेकरमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो ।

उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजारमा चित्त बुझाउनु प¥यो ।

प्रतिस्पर्धात्मक खेल दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । पुलिस स्कुलका अनुराग राई र समिर राईले गोल गरेपनि जोनिस राई, उज्जवल थापा र कृष्ण राईको प्रहार विफल हुँदा पुलिस उपविजेता भएको हो ।

फाइनलको म्यान अफ द म्याच पुलिस स्कुलका कृष्ण राई घोषित भए । उनले नगद १ हजार प्राप्त गरे । व्यक्तिगत विधाको पुरस्कारमा पनि सुनाखरी रेडले वर्चस्व कायम ग¥यो । बेष्ट गोलकिपर सुनाखरी रेडका रोजेश ओझा, वेष्ट डिफेन्डर सुनाखरी रेडका करण थापा, बेष्ठ कोच सुनाखरी रेडका ईन्दु रसाईली, हाईस्कोरर सुनाखरी रेडका श्रीहाङ राई घोषित भए । उनीह्रुले जनही नगद २५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

बेष्ट फरवार्ड पुलिस स्कुलका समिर राई घोषित भए । उनले नगद २५ सय नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फेयर प्ले टिम प्रभात ईङलिस बोडिङ स्कुल धरान १२ भए । प्रभातले नगद ५ हजार प्राप्त गरे । बेष्ट प्लेयर सुनाखरी रेडका एलिन थापा मगर घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र हात पारे ।

प्रतियोगिताको पहिलो सेमिफाईनको पुरस्कार सैनिक आवसिय स्कुल र दोस्रो सेमिफाईनल खेल विजेता ज्वालामुखी माविले नगद ५÷५ हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता भर उत्कृष्ट समाचार लेख्ने पत्रकार र्याडिकल लाइट अनलाइन का सम्पादक तिर्थ काकीलाई नगद १० हजार रुपैयाँ र प्रशंसापत्रसहित सम्मान गरिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक