खेलकुद

सुनाखरी एकेडेमी कप: नेपाल पुलिस स्कुल फाइनलमा प्रवेश


धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा सोमबार सम्पन्न पहिलो सुनाखरी एकेडेमी कप–२०८२ को अन्तिम सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलभरि आक्रामक प्रदर्शन गरेको पुलिस स्कुलका धेरै प्रयासहरू ज्वालामुखीको सशक्त र संगठित डिफेन्सले रोक्दै उत्कृष्ट प्रतिरक्षा खेल प्रस्तुत गरेको थियो।
उत्कृष्ट प्रदर्शनका आधारमा पुलिस स्कुलका जर्सी नम्बर ६ समिन आलम ‘म्यान अफ द म्याच’ घोषित भए।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा सुनाखरी रेड विजयी बनेको थियो। बुधबार हुने फाइनलमा सुनाखरी रेड र नेपाल पुलिस स्कुलबीच उपाधिका लागि भिडन्त हुनेछ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक