समाज

इस्कोन धरानले १७ औ जगन्नाथ रथयात्रा, मंसीर २० गते आयोजना गर्दै

इस्कोन धरानले १७ औ जगन्नात रथयात्रा, मंसीर २० गते आयोजना गर्दै
धरान: धरानमा यस वर्ष पनि धार्मिक उत्साहसँगै इस्कोन धरानले १७ औँ जगन्नाथ रथयात्रा–२०८२ भव्य रूपमा आयोजना गर्ने भएको छ ।
मंसिर २० गते शनिबारका दिन सम्पन्न हुने कार्यक्रममा भगवान् श्री जगन्नाथ, बलदेव तथा सुभद्रा महारानी सुवर्णरथमा सवार भई शहर परिक्रमा गर्दै भक्तजनलाई दर्शन दिनेछन् ।
इस्कोन धरानका अध्यक्ष अधिराज राई र सुनसरी जिल्ला अध्यक्ष बावुराम राईलगायत नेपालभरका विभिन्न इस्कोन केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम हुनेछ । रथयात्राको मूल आयोजक समिति अध्यक्ष डा. मदन कोइरालाले विदेश र नेपाली भक्तजनहरु गरी करिब ४ हजार भक्तजनका लागि महाप्रसादको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्वगुरु वालसन्त मोहनशरण देवाचार्य रहनुहुनेछ भने परम् पूजनीय महाविष्णु स्वामी महाराज र श्रद्धेय पात्री दास विशिष्ट अतिथिका रूपमा सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रमको तालिका अनुसार विहान १०ः३० बजेबाट औपचारिक उदघाटनसहित मङ्गलाचरण, आरती, प्रवचन र कथा सुरु हुनेछ । ११ः३० बजे प्रमुख अतिथिबाट श्री जगन्नाथको रथारोहण तथा पूजा आरती सम्पन्न गराइनेछ । मध्यान्ह १२ः३० बजे इस्कोन धरान मन्दिरबाट रथयात्रा प्रस्थान हुनेछ ।
रथयात्रा इस्कोन धरान–समीचोक–पुरानो बजार–भानुचोक–छाताचोक हुँदै पुनः मन्दिर फर्कनेछ । दिउँसो २ः०० बजे रथ पुनः मन्दिरमा आगमनपछि भक्तजनलाई महाप्रसाद वितरण गरिनेछ ।
आयोजक इस्कोन धरानले सम्पूर्ण भक्तजनलाई सहभागिता जनाइ रथयात्रालाई भक्तिमय र सफल बनाउन हार्दिक निमन्त्रणाको आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले