
धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कपको चौथो दिन पहिलो खेलमा ज्वालामुखी स्कुलले सेन्ट जोसेफ स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ ।
दोस्रो खेलमा हिमशिखर स्कुल तरहराले देउराली चिल्ड्रेन स्कुललाई २–१ ले हराउदै क्वाटरफाईनलमा पुगेको छ ।
खेलको म्यान अफ द म्याच ज्वालामुखी माविका सन्देश राई र हिमशिखरका सुशिल वन घोषित भए। उनीहरुले नगद १/१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
बिहिबार हुने पहिलो क्वाटरफाईनल खेल सुनाखरी रेड र लर्ड बुद्ध ,दोस्रो खेल प्रभात स्कुल र सैनिक आवसीय स्कुल बिच हुने भएको छ ।
मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्। सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान(१७, नेपाल प्रहरी विद्यालय धरान(१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का र ज्वालामुखी स्कुल पटनाली सहभागी छन् ।

