खेलकुद

सुनाखरी एकेडेमी कप: नेपाल पुलिस र माउण्ट हर्मन स्कुलको विजयी सुरुवात


धरान: सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’को दोस्रो दिनको खेलमा नेपाल पुलिस र माउण्ट हर्मनको शानदार विजयी सुरुवात भएको छ ।
धरान–१७ स्थित एन्फा खेल मैदानमा सोमबार भएको पहिलो चरणको खेलमा नेपाल पुलिस स्कुलले बुद्ध आर्दश स्कुललाई ११–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ भने दोस्रो चरणको खेलमा माउण्ट हर्मन स्कुलले बिजयपुर स्कुललाई २ –१ गोलको अन्तरले बिजयी सुरुवात गरेको हो ।
प्रतियोगिताको म्यान अफ द म्याच नेपाल पुलिसका समिर राई र माउण्ट हर्मनका सिकुम लिम्बु घोषित भए । उनीहरुले नगद १/१ हजार प्रापत गरे ।
मंगलबार हुने पहिलो चरणको खेल ज्ञानकुञ्ज र प्रभात दोस्रो चरणको खेल सैनिक आवसिय र सुनाखरी ब्लु बिच प्रतिस्पर्धा हुनेछ ।
मङ्सिर १७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र सेमिफाइनल पुग्ने दुई टिमले जनही ५र५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञान कुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का तथा ज्वालामुखी स्कुल पट्नाली सहभागी छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक