खेलकुद

फोकस क्लव धरान १६ द्धारा विदाई कार्यक्रम


धरान: फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ ।
क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो । समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो ।
दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको क्लवका सचिव उमेश जिमिले वताउनु भयो ।
सल्लाहकार राईले दक्षिण कोरीयामा अलपत्र परेका र काम नपाएर समस्या परेका नेपालीहरुलाई विगत दश वर्षदेखि सहयोग गर्दै आउनु भएको छ । त्यहाँ उहाँले नेपालीहरुवीच फुटवल खेलको माध्यमबाट भाईचारको सम्वन्धलाई प्रगाढ समेत वनाउदै आउनु भएको छ ।
यो सम्मानले आफूलाई खेल क्षेत्र र सामाजिक कार्यमा लाग्न थप प्रेरणा मिलेको राईको भनाई रहेको छ । कार्यक्रममा सल्लाहकार राई र सदस्य याक्खालाई क्लवका अध्यक्ष दिलिप भुजेल र उपाध्यक्ष मन्जु उदाशले मायाको चिनो दिएर विदाई गर्नु भएको थियो ।
कार्यक्रममा धरान–१६ का जनप्रतिनिधि भिम सुव्वा र वडा नं–५ का वडा सदस्य विजय राई, सल्लाहकार विकास मगर, देवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक