
धरान उपमहानगरपालिका–२० चिण्डे डाँडा नजिकै गुम्बा डाँडामा बुद्धको अर्थात गुरु पद्यम सम्भव =गुरु रिन्पोछे) को ४० फिट अग्लो विशाल मुर्ति तथा आधुनिक गुम्बा निर्माण तयारी थालिएको छ ।
बिहिबार निर्माण स्थल गुम्बा डाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै डाग्युर उर्गेन छ्योइखोलिंङ गुम्बा निर्माण तथा गुरु पद्यम सम्भव मुर्ति निर्माण समितिका अध्यक्ष कर्ण तामाङले परियोजनाको अनुमानित लागत ४ करोड ३० लाख रुपैयाँ रहेको जानकारी दिए ।
अध्यक्ष तामाङले गुरु पद्यम सम्भव (गुरु रिन्पोछे) को ४० फिट अग्लो विशाल मुर्ति तथा आधुनिक गुम्बा निर्माण हुने परियोजना ६ कट्ठा क्षेत्रफलमा फैलिएको छ । परियोजना निर्माणका लागि प्रदेश सरकारबाट ९ लाख ५० हजार सहयोग प्राप्त भएको छ भने स्थानीय सहयोगी मनको तर्फबाट हालसम्म ५ लाख रुपैयाँ संकलन भइसकेको बताए ।
अध्यक्ष तामाङले भने ‘परियोजनालाई निर्माणलाई सहयोग जुटाउन “एक व्यक्ति, एक रड, एक इट्टा”अभियान सुरु गरिएको छ। धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले जातिय विभेद गरेका छन । उनले चिण्डेडाडामा सुम्निमा पारुहाङको प्रतिमा बनाउन नगरप्रमुख आफैले पहल गरेको अवस्था छ तर हाम्रो बौद्ध धर्मालम्बीहरुको गुरु पद्यम सम्भव (गुरु रिन्पोछे) निर्माण तर्फ ध्यान नदिएको बताए ।
उनले बिशाल मुर्ति निर्माण ध्यान केन्द्रित गर्न आग्रह गर्दै परियोजनाले धार्मिकका साथै पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा टेवा पुर्याउने बताएका छन् ।
धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुका भएको छ। अभियान केवल धार्मिक मात्र नभई पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय संस्कृतिको संरक्षणसँग पनि सम्बद्ध छ।”
तर उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको यसतर्फ ध्यान नपुगेको भन्दै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । बहुजातीय, बहुधार्मिक क्षेत्रको धार्मिक केन्द्र विष्णुपादुका क्षेत्र सुनसरी र धनकुटा जिल्लाको सिमानामा पर्ने दुर्गम भूभाग हो । सो क्षेत्रमा राई, तामाङ, मगर, लिम्बु र विश्वकर्मा समुदायको बसोबास छ, जसमा तामाङ समुदायको बाहुल्यता रहेको छ । यहाँका बासिन्दाको मुख्य पेशा कृषि, पशुपालन र पर्यटन हो भने तामाङ समुदाय मुख्यत बौद्ध धर्मावलम्बी छन् ।
यसअघि नै मिति २०७४ साल असार १ गतेदेखि बौद्ध गुरु टिकाराम लामा खेनरिन्पोछे को पहलमा दुई तले गुम्बा पाठशाला निर्माण भएको छ। उक्त गुम्बाका लागि धरान–२० निवासी रहरमान तामाङले २ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए भने बाँकी ४ कट्ठा खेनरिन्पोछे स्वयंले खरिद गरेका हुन् । हाल सो भवनमा लामा विद्यार्थीहरूद्वारा अध्ययन अध्यापन तथा पूजा–पाठ सञ्चालन भइरहेको छ ।
आयोजक समितिका अनुसार परियोजनाका मुख्य लक्ष्यहरू गुरु पद्यम सम्भवको विशाल मुर्ति निर्माण,आधुनिक किसिमको गुम्बा निर्माण, बौद्ध भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, सम्भोटा लिपिको विकास,आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन तथा स्थानीय स्वरोजगार वृद्धि
स्थानीय बासिन्दा र बौद्ध धर्मावलम्बीहरूले यो परियोजनालाई धरान क्षेत्रकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने अपेक्षा गरेका छन् ।

