खेलकुद

जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ फुटबलमा १६ विद्यालयको नामदर्ता

धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा १६ विद्यालयले सहभागिता दर्ता गराएका छन्। मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजना गरिनेछ।

आयोजकका अनुसार हालसम्म प्रतियोगितामा हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कूल, सैनिक आवासीय आर्मी स्कूल, हिबिस्कस स्कूल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का र ज्वालामुखी स्कुल पट्नालीले नामदर्ता गराइसकेका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रिन्सिपल मिलनकुमार राईले सहभागी टिमहरू पहिले आउने पहिलो आधारमा छनोट गरिएको जानकारी दिए। प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमी खेलमैदानमा सञ्चालन हुनेछ।
धरान–१७ एन्फा एकेडेमी खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका २ टिमले ५/५ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५०० को दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याचको पुरस्कार १००० रुपैयाँमा राखिएको जानकारी दिइएको छ ।
प्रिन्सिपल राईका अनुसार विद्यालय स्तरमै प्रतिस्पर्धा शुरु गर्नुको उद्देश्य भविष्यमै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्‍याउनु रहेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक