समाज

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति


धरान : धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन भएको गोर्खा चौतारीको कार्यक्रमा हाल बेलायत बसोबास गर्ने शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी गरि दिएको अभिव्यक्तिप्रति ३ पत्रकारजन्य पेशागत संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले संयुक्त रूपमा शनिबार विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्ति जारी गर्दै सुब्बाको भनाइलाई “पत्रकारहरूको पेसागत मर्यादा र आत्मसम्मानमाथिको अपमान” भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, “कार्यक्रममा मन्तव्य राख्दै उनले ‘लाहुरेको घरको चामल खाएर पत्रकारिता पढेको, लाहुरेकै घरमा सस्तो भाडामा बसेर पत्रकारिता गरेको’ भन्ने अभिव्यक्ति दिएको, जुन पत्रकारिताको मर्यादा र जिम्मेवारी माथि गरिएको हेपाहा टिप्पणी हो।” तीनै संगठनहरूले थापा सुब्बालाई आफ्नो भनाइ प्रमाणसहित पुष्टि गर्न वा धरानका पत्रकार समुदायसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन्। विज्ञप्तिमा, “यदि उनले प्रमाणसहित पुष्टि गर्न नसक्ने हो भने सार्वजनिक माफी माग्नुपर्ने नैतिक र सामाजिक दायित्व हो।”
पत्रकार संगठनहरूले, “धरानका पत्रकारहरू समाचार लेखेकै वा प्रश्न सोधेकै कारण धम्कीपूर्ण व्यवहार भोग्नुपर्ने अवस्था आइरहेको छ। विना प्रमाण र विना आधार पत्रकारितामाथि टिप्पणी गर्नु गैरजिम्मेवार र अस्वीकार्य कार्य हो।”
तीनै संगठनले अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको सम्मान र प्रेस स्वाभिमानको रक्षा गर्न सधैं प्रतिबद्ध रहने बताएका छन्।
संयुक्त विज्ञप्तिमा प्रेस चौतारी नेपाल, सुनसरीका उपाध्यक्ष विकल पौडेल, प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तीर्थ कार्की र नेपाल प्रेस युनियन, सुनसरीका अध्यक्ष ध्रुव ढकालले हस्ताक्षर गरेका छ्न ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले