धरान विशेष

धरानमा मोडिफाई मोटरसाइकल नियन्त्रणको माग गर्दै नेपाल तरुण दलको ज्ञापनपत्र


धरान : नेपाल तरुण दल धरान समितिले धरानमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका मोडिफाई मोटरसाइकल र स्कुटीका कारण सहरको शान्ति सुरक्षा प्रभावित भएको भन्दै नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाएको छ।
तरुण दलका अध्यक्ष रामकुमार तामाङको नेतृत्वमा बिहीबार उक्त ज्ञापनपत्र बुझाइएको हो। दलले धरानमा राति अबेरसम्म ठूलो आवाजमा सवारी चलाउने, तीन–तीन जना सवार हुने र बिना हेल्मेट तीव्र गतिमा दौडिने मोटरसाइकल तथा स्कुटीका गतिविधिले स्थानीय बासिन्दामा त्रास फैलाएको जनाएको छ।
अध्यक्ष तामाङका अनुसार, “मोडिफाई सवारी साधनको बढ्दो प्रयोगले बालबालिकादेखि वृद्धासम्मको स्वास्थ्यमा असर पारेको छ, र समाजमा अराजकता बढाएको छ।”
तरुण दलले यस्ता गतिविधि तत्काल रोक्न तथा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन ट्राफिक प्रहरी, प्रशासन र स्थानीय निकायको ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्रमा प्रहरी प्रशासन, स्थानीय निकाय र नागरिक समाज सबैले हातेमालो गरी धरानमा सुशासन र शान्ति कायम गर्नुपर्नेमा जोड दिइएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।