धरान विशेष

धरानमा जेनजीहरूको बैठक: जनताको समस्या समाधान र भ्रष्ट्राचार विरुद्ध लाग्ने निर्णय


धरान: जेनजी सुनसरीका संयोजक नवीन राईको संयोजकत्वमा शनिबार धरान–९ आचार्य लाइन स्थित प्यासिफिक अफिसमा बसेको जेनजीहरूको बैठकले धरानको स्थानीय सरकार सँग जनताको समस्या समाधानका विषयमा बार्ता गर्ने निर्णय गरेको छ ।

बैठकले धरानका जनताले भोगिरहेका दैनिक समस्या समाधानका लागि स्थानीय सरकारसँग औपचारिक रूपमा छलफल र पहल गर्ने, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेका भ्रष्ट्राचार र बिकृति विरुद्ध प्रभावकारी कदम चाल्ने र धरानको खेलकुद संरचना सुदृढ गर्न विभिन्न निकाय र संघसंस्थासँग समन्वय गर्ने निर्णय गरेको हो ।
त्यस्तै, धरानमा धेरै जेनजी समूह भएको भ्रम हटाउन अभिभावकहरूसँग छलफल गर्ने, बालबालिका र महिलाको हक अधिकार तथा सशक्तीकरणका लागि कार्यक्रम ल्याउने निर्णय पनि गरिएको छ । बैठकमा १५ जना जेनजी अगुवाहरूको सहभागिता रहेको थियो ।

यसै बैठकले समान समस्याका समाधानका लागि बविन भण्डारीको संयोजकत्वमा अर्को टिम गठन गरेको छ । उक्त टिमले धरानमा भइरहेको भ्रष्ट्राचार, विशेष गरी बीपी अस्पतालमा सेवा सुविधा अभावको विषयमा प्रदेश–१ का जनप्रतिनिधिहरूसँग समेत पहल गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, महिला तथा बालबालिकाको हक अधिकार र सम्वर्धनका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्न पनि अर्को टिम गठन गरिएको छ ।

धरानमा ट्राफिक नियम उल्लंघन र दुर्घटनाका घटनाहरू बढ्दै गएकामा चासो व्यक्त गर्दै प्रवेश अधिकारीको संयोजकत्वमा सडक सुरक्षासम्बन्धी सचेतना टिम गठन गरिएको छ ।
बैठकले आगामी दिनमा जनहितका काममा पूर्ण समर्पण गर्ने, एकताको कदर गर्ने र समुदायको हितका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।