समाज

वृहत बराहक्षेत्र पैदलयात्रा धरानको पिण्डेश्वरमा आएर विश्राम


धरान: जगत गुरु बालसन्त श्री मोहनशरण देवाचार्यको अगुवाईमा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको वृहत्तर बराहक्षेत्र पैदलयात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न हुँदैछ । नेपालका विभिन्न धार्मिक अनुयायीहरूको सहभागितामा कार्तिक १ गतेदेखि सुरु भएको यो यात्राले आइतबार धरान–१४ विजयपुरस्थित पवित्र पिण्डेश्वर मन्दिरमा आएर विश्राम लिएको छ ।
जगत गुरु बालसन्त देवाचार्यका अनुसार पौराणिक ग्रन्थहरू महाभारत, बाल्मीकि रामायण, बराह महापुराण र स्कन्द पुराणको हिमवत खण्डमा उल्लेखित वृहत्तर बराहक्षेत्रलाई जीवन्तता दिनका लागि यो यात्रा सुरु गरिएको हो । तीन वर्षअघि प्रारम्भ गरिएको धार्मिक यात्राले यस वर्ष पनि निरन्तरता पाएको उहाँले बताउनुभयो ।

भारतका वृन्दावन, चित्रकूट, नर्मदा, अयोध्या र काशीविश्वनाथ परिक्रमा जस्तै नेपालका धार्मिक आस्थाका केन्द्रहरूमा पनि श्रद्धालुहरूलाई जोड्ने उद्देश्यले यो यात्रा सुरु गरिएको उहाँको भनाई छ ।

यस यात्रामा देशका विभिन्न स्थानका धर्मानुयायीहरूको उपस्थितिलगायत उत्साहपूर्ण सहभागिता देखिएको थियो । वृहत्तर बराहक्षेत्र अन्तर्गतका प्रमुख तीर्थस्थलहरूमा सुनसरीको चतरास्थित बराहक्षेत्र, उदयपुरको मैनामैनी, धनकुटाको त्रिवेणी र मुलघाट, सुनसरीको धरान–४ स्थित शिवजट्टा, धरान–१४ पिण्डेश्वर मन्दिर, दन्तकाली, धरान–२० विष्णुपादुका, इटहरीको बृद्धगंगा, रामधुनी, चकरघट्टी, कौशिकी नदी र देवघाट रहेका छन् ।

बालसन्त देवाचार्यले दस दिन लामो यो पैदलयात्रा निकै कष्टकर भए पनि आत्मसन्तुष्टिदायक रहेको उल्लेख भएको बताउनुभयो । उहाँका अनुसार बराहक्षेत्रबाट सुरु भएको यात्रा मैनामैनी, त्रिवेणीधाम, धनकुटाको सफाइटार, मुलघाट, कार्कीछाप, शिवजट्टा हुँदै पिण्डेश्वर मन्दिरसम्म आइपुग्दा अद्भुत आध्यात्मिक अनुभूति भएको बताउनु भएको हो । उहाँका अनुसार यात्रा सोमबारदेखि पुनः तराहरा, इटहरी, झुक्का, रामधुनी, चकरघट्टी हुँदै चतरामा पुगेर टुंगिनेछ ।
देवाचार्यले यस धार्मिक अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै यात्राको सफलताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले