स्वास्थ्य/जिवनशैली

धरानको प्रतिष्ठानमार्फत क्यान्सर उपचारमा ऐतिहासिक योगदान, रेडियोथेरापी विस्तारको माग


धरान: पूर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्थाका रूपमा परिचित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले तीन दशकदेखि क्यान्सर उपचारमा निरन्तर योगदान दिँदै आएको छ । सीमित स्रोत र संरचनात्मक चुनौतीबीच पनि प्रतिष्ठानले उपलब्ध गराएको उपचार सेवाको तथ्यांकले यस संस्थाको महत्व झनै स्पष्ट बनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा मात्र विभिन्न प्रकारका क्यान्सरका ३ सय ८८ बिरामीले शल्यक्रिया सेवा, र ३ हजार ६ सय ५० भन्दा बढी बिरामीले सिस्टेमिक थेरापी (किमो, हर्मोनल तथा टार्गेट) सेवा लिएका छन् । ब्रेन ट्युमर, ब्रेस्ट क्यान्सर, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, ओरल क्यान्सरदेखि लिएर ओभेरियन, प्रोष्टेट र बोन ट्युमरसम्मका जटिल केसहरू सफलतापूर्वक सञ्चालन भएको तथ्यांकले जनाउँछ ।
क्यान्सर शल्यक्रिया उपचारमा मात्र होइन, किमोथेरापी सेवा सुदृढ पार्न प्रतिष्ठानले बाहिरङ्ग तथा अन्तरङ्ग सेवा सुविधा विस्तार गरेको छ । बाहिरङ्ग किमोथेरापीमा २ हजार ७ सय २८ बिरामी र अन्तरङ्ग सेवामा ९ सय २२ बिरामी सम्मिलित भएको तथ्यांक सार्वजनिक गरिएको छ । यस्तै, क्यान्सरको अन्तिम चरणमा पुगेका बिरामीका लागि प्यालिएटिभ केयर र होम–बेस्ड हस्पाइस सेवा पनि सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ ।

उपचारसँगै प्रतिष्ठानले स्क्रिनिङ ओपीडी, ग्यास्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी, एचपीभि–डीएनए परीक्षण, कोल्पोस्कोपी, ब्रेष्ट क्लिनिक र क्यान्सर सचेतना कार्यक्रम मार्फत रोकथाम र पहिचान अभियानलाई पनि निरन्तरता दिएको छ । क्यान्सरलाई प्रारम्भिक चरणमै पत्ता लगाउने लक्ष्यसहित प्रतिष्ठानले समुदायस्तरमा सचेतना र परीक्षण सेवा विस्तार गरिरहेको क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालले जानकारी दिनुभयो ।

हाल क्यान्सर उपचारका तीन प्रमुख स्तम्भमध्ये शल्यक्रिया र किमोथेरापी सेवा मजबुत रूपमा स्थापित भए पनि तेस्रो महत्वपूर्ण आधार रेडियोथेरापी सेवा अझै सुदृढ हुन नसकेको प्रतिष्ठानले स्तन क्यानसर विशेषज्ञ डा. शारदा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, पूर्वी नेपालका क्यान्सर बिरामीलाई पूर्ण उपचार सेवा दिन अब रेडियोथेरापी इकाइ विस्तार अत्यावश्यक बनिसकेको छ । यसका लागि सरकारी तहबाट नीतिगत प्राथमिकता र संरचनागत सहयोग अपेक्षित छ ।

तीन दशकअघि धरानबाट सुरु भएको क्यान्सर उपचार सेवा आज हजारौं बिरामीका लागि जीवनरक्षक केन्द्रको रूपमा स्थापित भएको शल्यक्रिया विभागका प्रमुख डा. सुरेश साहले बताउनुभयो । क्यान्सर उपचारमा स्वदेशमै विश्वास जगाउन सफल प्रतिष्ठानले अब रेडियोथेरापी सेवा विस्तार गरी पूर्ण क्यान्सर केन्द्रको रूपमा उभिनुपर्ने माग सर्वत्र उठ्न थालेको छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका