
यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नाम विरोध गर्दै चलिरहेको ‘नो कोशी’ आन्दोलनको कथालाई प्रस्तुत गरेको छ । लिम्बुहरुले आफनो कवाजको रुपमा लिएको सिलाम साक्मा अंकित झण्डा बनाइएको लडाई पहिचानको टिजरले केही समय अघि चलेको पहिचानवादीहरु जनजातीहरुको नो कोशीको आन्दोलनको कथा बोल्ने छ । टिजरमा, नायिका करिश्मा मानन्धर लाई एक संचारकर्मी, धिरेन शाक्यलाई प्रहरी प्रमुख र प्रशान्त तामाङलाई पहिचानवादी नेताको भूमीका प्रस्तुत गरिएको छ । टिजर हेर्दा हालको प्रदेश नामको मुद्धालाई मुख्य बिषयबस्तु बनाएको प्रस्ट देख्न सकिन्छ ।
भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन सम्पन्न भईसकेको छ । करिव १ करोडको लगानीमा निर्माण गर्रिको चलचित्र ‘पहिचान’को प्रर्दशन मिति मंंसिर ५ गतेलाई तोकिएको छ । ।चलचित्रलाई भिम लामा, रामजी बिस्ट, उमेश तामाङले संयुक्त्त रुपमा निर्माण गर्ने भएकाछन । चलचित्रमा धिरेन शाक्य,करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खडगी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूको मुख्य भुमीका रहेको छ ।चलचित्र देशभरको सिनेमाहल हरुमा वितरण गर्ने वितरकको काम कुवेर फिल्म डिष्ट्रिव्युटर्सले गर्ने भएको छ ।