व्यवसाय

दशै शुरु भए संगै धरानको कृषि बजारमा खसी बोकाको कारोवार बढयो

धरान: लगातारको वर्षा र हालै सम्पन्न जेन-जी आन्दोलनका बाबजुद पनि नेपालीहरू दशैं मनाउने तयारीमा जुटिरहेका छन्। दशैंमा मासुजन्य परिकारको बढी महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ।

धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबारभन्दा यसपटक ठूलो संख्यामा खसी–बोका व्यापारी तथा कृषकले ल्याएका छन्। कृषक तथा व्यापारी खसी–बोका विक्री गरेर दशैं खर्च जुटाउने तयारीमा छन् भने उपभोक्ताले पनि सर्वसुलभ मूल्यमा खरिद गरी दशैं मनाउने तयारी गरेका छन्।

हाल कृषि बजारमा खसी–बोका जिउँदो प्रतिकेजी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको बजार व्यवस्थापन समितिले जनाएको छ। धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका पहाडी जिल्ला र तराईका विभिन्न स्थानबाट खसी–बोका ल्याइएको हो।

वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार बजार अझ सक्रिय बनाउन हप्तामा एक पटक लाग्ने पशु बजारलाई दुई–तीन पटकसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ। उनले भने, “यसपालि कारोबार केही घटे पनि बजारलाई सक्रिय बनाउन स्थानीय सरकार तयार छ।”

कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्ष अन्तिम शुक्रबार मात्रै १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका ५ हजार खसी–बोका विक्री भए पनि यसपटक करिब ९ करोड रुपैयाँ बराबरका ४ हजार ५ सय खसी–बोका मात्र विक्री हुने अनुमान गरिएको छ।

जेन-जी आन्दोलन र लगातारको वर्षाका कारण कारोबारमा केही कमी आए पनि बजारमा देखिएको चहलपहलले दशैंप्रतिको उत्साह भने घटेको छैन भन्ने स्पष्ट भएको व्यवस्थापन समितिको भनाइ छ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई