धरान विशेष

धरान उपमहानगरपालिकाले तीन महिनापछि २ अर्ब २० करोडको बजेट ल्यायो


धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नयाँ बजेट शनिबार भएको १७ औं नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसहित सार्वजनिक गरेका गर्नुभएको हो ।

तीन महिनाको ढिलाइपछि आएको बजेटमा आगामी वर्ष आन्तरिक स्रोतबाट ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड, सडक बोर्डबाट २ करोड, र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

धरान उपमहानगरको बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ । यसतर्फ ६६ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ७ करोड, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख, आर्थिक विकासतर्फ १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रम अन्तर्गत ५ करोड ५ लाख विनियोजन गरिएको छ भने धरानका २० वटै वडाहरूका लागि कूल २१ करोड रुपैयाँ छुट्याइएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा धरान उपमहानगरपालिकाले कूल १ अर्ब ९१ करोड २७ लाख रुपैयाँ राजस्व आर्जन गरेको थियो । सोही अवधिमा १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

यसैगरी अनुदान तथा विनियोजन कुल बजेटमा निसर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, सर्तसहितको अनुदानः ६० करोड ५६ लाख, समपूरक बजेटः १ करोड ८२ लाख, विशेष अनुदान ५ करोड ४३ लाख राखिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।