
विहिबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा मुख्य तीन कलाकारहरु धिरज मगर, उपसना सिंह ठकुरी र प्रकाश सपुतवीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।
ट्रेलरमा तामाङ गाउँको संस्कृति र परम्परालाई प्रस्तुत गर्न खोजिएको छ । ब्रुनाई लाहुरे धिरजले गाउँमा बसेर एकअर्कालाई माया गरेर रमाईरहेका प्रकाश र उपसनाको प्रेममा बाधक बन्न आएर उपसना संग विवाह गर्न खोज्नु र सफल नहुनु यो कथा निकै रमाईलो छ । गाउँले परिवेशको प्रेम अनि माग्ने बुढाको कमेडीले चलचित्रलाई निकै रमाईलो बनाएको अनुमान लगाउन सकिन्छ ।
केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कट्वाल हुन् ।