
धरान: नयाँ पुस्ता (जेन-जी)ले भदौ २३ गते भष्ट्र्चार र सामाजिक संजालमा लगाएको प्रतिबन्ध हटाउनु पर्ने माग राखेर आन्दोलन देशभर सुरु गरेका थिए। आन्दोलनको क्रममा १९ जना विद्यार्थीको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। २४ गते पुर्ण आन्दोलन चर्कियो आन्दोलनले उग्ररुप लियो। देश भरी सरकारी गैरसरकारी र व्यक्ती गत संरचनाहरु तोडफोड आगजानी संगै आन्दोलन राज्यको नियन्त्रण बाहिर गयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनाम दिए पछि राज्य नेतृत्व बिहिन बन्यो। जेन-जीले आन्दोलन सफल भएको घोषणा गर्यो।
जेन- जीको आन्दोलनले सफलता पाएसँगै प्रधानमन्त्रीको नेतृत्व सम्हाल्ने चरम आकांक्षामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई प्रधानमन्त्री आफू बनेर देशको बिकास गर्ने र बाह्य शक्तिबाट बचाउने भनी धरानबाट काठमाडौ गए। करिब एक हप्ता काठमाडौ बस्दा प्रधानमन्त्री त पाएन्न अन्य कुनै पनि मन्त्री पदमा जेन- जीले नपत्याएपछि धरान फर्किन बाध्य भएका छन् ।
प्रधानमन्त्री देखि अन्य मन्त्रीका लागि उनको सामाजिक सञ्जाल ‘हर्क ए रेभुलेसन’मा पटक पटक आफू मन्त्री हुदा देशले कायलपलट हुने खालका स्टाटस लेखेपनि अन्तत: जेन-जी युवाहरुले नपत्याएपछि उनी रित्तो हात धरान फर्किएका छन् ।


धरानका एक सर्वसाधारण भन्छन्–‘धरानका मेयर हर्कराज राई जहिल्यै रित्तै फर्कने नै हुन्, केही समय अगाडि धराने जनतालाई दीर्घकालीन खानेपानी समस्याको माग राख्दै आफ्नै नेतृत्वमा रित्तो गाग्री बोकेर काठमाण्डौ पुगेका राई रित्तै फर्किए अहिले फेरि मन्त्री बन्ने अपेक्षा बोकेर राजधानी गएपनि रित्तै फर्किएका छन् ।’
हुन त उनले प्रधानमन्त्री बन्ने प्रकट आकांक्षा बोकेर जेन-जीको आन्दोलन सफल भएपछि धरानमा आयोजना गरिएको विजय र्यालीमा सहभागी समेत भएका थिए । ‘उनले मुलुकको संकट पार गर्ने बताएको मात्र हैन सामाजिक सञ्जालमार्फत रुवाइकराई गरिरहे, आफ्नो मूल्यांकन आफै गर्न नसक्ने मेयर साम्पाङको मूल्यांकन अहिले जेन-जी युवाले गरिदिएका छन्’ यस्ता खालका सामाजिक संजालमा धरानेहरुले लेख्न थालेका छन।
काठमाण्डौ गएर पनि आफ्नो समर्थकद्वारा प्रधानमन्त्री बन्ने दबाब सिर्जना गरे पनि जेन-जी समूहले अन्तरिम प्रधानमन्त्री चयनका लागि गरेको खुल्ला छलफल र भोटिङ प्रक्रियाबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा अघि सारेपछि उनको महत्कांक्षा छरपस्ट भएको थियो ।
जेन-जी समूहका अनुसार कार्कीलाई डिस्कर्डमार्फत हजारौं सदस्यहरूको सहभागितामा गराइएको भोटिङमा सर्वाधिक मत प्राप्त भएपछि निर्णय सार्वजनिक गरिएको थियो । समूहका एक प्रतिनिधिले भने, ‘हामी लोकतान्त्रिक प्रक्रिया अनुसार चलेका हौं, व्यक्तिगत दाबीका आधारमा होइन ।’ यो भनाईले सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा वाहीवाही पाएका मेयर साम्पाङको वास्तविकता बुझ्ने् मौका समेत मिलेको सामाजिक संजाल भरी लेख्न थालिएको छ।
हुन त उनी पदका आकांक्षी नै हुन् भन्दा फरक पर्दैन् । प्रधानमन्त्री आफूले नपाएपछि उनले गृहमन्त्री पदमा चासो देखाएको समाचार बाहिर आएको थियो । राईको काठमाडौं बसाइको बेला उनको नेतृत्वमा रहेको धरान उपमहानगरमा बजेटसम्बन्धी संकट कायमै छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १० भित्र पारित हुनुपर्ने कानुनी व्यवस्था छ । तर भदौ महिनाको अन्त्यसम्म बजेट पारित नभएपछि उपमहानगरको प्रशासनिक, विकास, र सामाजिक सुरक्षासम्बन्धी काम ठप्प भएका छन् । नगर स्रोतका अनुसार करिब २ अर्ब २० करोडको ४७ लाखको बजेट प्रस्ताव तयार भए पनि मेयरको नेतृत्वमा बजेट पारित गराउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री चयन प्रक्रियामा हर्क साम्पाङ र जेन-जी समूहबीच आपसी मतभेद चुलिएको पाइएको थियो । विशेष गरी सामाजिक अभियन्ता सुधन गुरुङ र हर्कराज राई बीचको सम्बन्ध विग्रिएको भनेर बाहिर हल्ला चले पनि उनलाई मन्त्री बनाउन जेन-जीका युवाहरुले नै नचाहेको बताइएको छ ।
प्रधानमन्त्री दाबी गरिरहेका हर्क साम्पाङलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत परिक्षा सन्देश दिएका थिए । उनले लेखेका छन्, ‘अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई भन्न चाहन्छु – तपाईंहरूको जोश र सोच देशलाई स्थायी रूपमा आवश्यक छ, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला ।’
मेयर राईको प्रधानमन्त्रीको दाबी रहिरहदा नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश नेपालको पहिलो प्रधानमन्त्री शुशिला कार्की बनिन। त्यसपछी निराश बनेका राईले उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्ने चाहान राखेका थिए।
अन्तिम दिन सम्म मेयर हर्कराज राईले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुशीला कार्कीलाई भेट्ने प्रयास गरेका थिए । तर, बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म कुर्दा पनि प्रधानमन्त्री कार्कीले भेट नदिएको विभिन्न संन्चार माध्यममा समचार आएको थियो।
मेयर राईले धरान आएर आज बिहान ८ बजेमा पत्रकार सम्मेलन गरेर देश बचाउने आफू मात्र हुँ भन्दै अरु बाट देश बांच्न नसक्ने बताएका छन। प्रधानमन्त्री बन्न गएका श्रम र पानी मन्त्रीको प्रस्ताव आएको आफू नबनेको भन्दै बोल्दा बोल्दै रोएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ।

