धरान विशेष

धरानमा भएको तोडफोडमा मुख्य योजनाकारको आरोपप्रति विमल शाक्यको खण्डन


धरान: धरानमा जेन-जी आन्दोलनको क्रममा भएको तोडफोडको घटनामा आफूमाथि मुख्य योजनाकार भनी लगाएको आरोपप्रति धरान–१२ निवासी विमल शाक्यले कडा आपत्ति जनाउनु भएको छ । उहाँ धरानका अग्रज पत्रकार पनि हुन।

शाक्यले एक विज्ञप्ति जारी गर्दै ‘भदौ २३ गते सरकारले निर्दोष बालबालिकाहरूमाथि क्रूर दमन गरेपछि उत्पन्न जनआक्रोशका कारण भोलिपल्ट धरानमा भएको विरोध कार्यक्रममा मात्र आम नागरिकको हैसियतले उपस्थित भएको’ बताउनु भएको छ ।

उहाँका अनुसार भदौ २४ गते एमाले पार्टी कार्यालयमा भएको तोडफोडबारे जानकारी पाएपछि उहाँ घटना बुझ्न ‘म पुग्दा तोडफोड भइसकेको थियो । अघिल्लो दिनको अमानवीय घटनाले भावुक भएर सानो ढुंगा हानेको हुँ, त्यो बाहेक म कुनै गतिविधिमा संलग्न थिइनँ’ उहाँले स्पष्ट पार्नुभयो ।

तर, उक्त विषयलाई अतिरञ्जित गरी अन्नपूर्ण अनलाइन संस्करणमा फोटोसहित ‘आन्दोलनको अगुवा’ भनी समाचार प्रकाशित गरिएकोप्रति उहाँले गम्भीर आपत्ति जनाउनु भएको छ। शाक्यले ती समाचारहरू ‘भ्रामक, अपमानजनक र मानमर्दन गर्ने खालका’ भएको आरोप लगाउँदै, आफू कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो ‘मिडियाले तथ्य नबुझी मेरो छवि नष्ट गर्ने गरी समाचार सम्प्रेषण गर्नु दुर्भाग्यपूर्ण छ ।’ म यस विषयमा सम्बन्धित निकायमा उजुरी दिनेछु।

उहाँले एमाले पार्टीका स्थानीय नेताहरूसँग संवाद गरेर वास्तविकता स्पष्ट गरिसकेको र उहाँहरूले पनि आफ्नो संलग्नता नभएको स्वीकार गरिसकेको उल्लेख गर्नुभएको छ । शाक्यले धरानमा भएको हिंसात्मक घटनाको भत्र्सना गर्दै जेन-जी आन्दोलनको उपलब्धी जोगाउँदै देशमा सुव्यवस्था कायम गर्न सबैमा अपिल गर्नुभएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।