
धरान: यमाहा कम्पनीले मोटरसाइकलका पारखीहरुलाई ध्यानमा राखेर नेपालमा यामाहाले दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ सुविधायुक्त दुई वटा मोटरसाइकल धरान ८ स्थित यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधबार सार्वजनिक गरेको हो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र बिजयपुर ट्रेडर्स धरानका संचालक प्रभाव खतिवडाले यमाहाका दुई नयाँ मोटरसाइकल एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले भदौ ३ गते सार्वजनिक गरेको अटो शो २०२५ मा यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट धरानको विजयपुर ट्रेडर्सले समेत सार्वजनिक गरेको हो ।
अब नेपालमा एमटी–१५ भी २ आइसीई स्ट्रोम र भीभीएम भेरियन्ट दुवै भेरियन्टमा उपलब्ध भएको छ । एफजेड एस भी ३ डीएलएक्स भने आइसीई फ्लिओ भर्मिलेन भेरियन्टमा मात्र उपलब्ध रहेकोे छ ।
विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिएको बताउनुभयो । उहाँले यामाहाले यी दुई नयाँ मोटरसाइकलले मोटरसाइकल पारखीलाई चलाउन सहज हुनेमात्र हैन र किफायतिसमेत हुने बताउनुभयो ।