मनोरञ्जन समाचार

चलचित्र “पहिचान” को गीत काली कालीमा करिश्मा मानन्धर र धिरेन शाक्य


यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “पहिचान” लडाइको पहिलो गीत सार्वजनिक भएको छ । धेरै समयपछि एक समयका स्टार धिरेन शाक्य र करिश्मा मानन्धरको कमव्याकको रुपमा हेरिएको चलचित्र “पहिचान” को पहिलो गीत काली कालीमा धिरेन र करिश्माको रोमान्टिक नृत्य रहेको छ । सार्वजनिक भएको गीत ‘काली काली प्यारी दिल वाली’ मा धिरेन र करिश्मा धरानको सुन्दर सडकमा दर्जन बढी कोरस डान्सरका साथ रोमान्टिक र आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

चर्चित गीतकार बुद्धविर लामाको शब्द बलराम समालको संगीतमा रहेको गीतमा रगुन गुरुङ र रोजीना बस्नेतको आवाज रहेको छ । गीतलाई धरानको चर्चित डान्स सेन्टर गरिमा डान्स सेन्टरका प्रोपाइटर मणिकुमार लिम्बुले कोरियोग्राफी गरेका छन । गीतमा धरानका रमणीय स्थान र कोशीको तिरको दृश्य गज्जवले देखाईएको छ । काली काली गीतमा कोरियोग्राफरले कलकारहरुलाई विभिन्न रुपमा प्रस्तुत गरेका छन । तराईको सन्थाल नाच देखि रोमान्टिक अवतारमा उतारेका छन ।

भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन सम्पन्न भईसकेको छ । करिव १ करोडको लगानीमा निर्माण गर्रिको चलचित्र ‘पहिचान’को प्रर्दशन मिति मंंसिर ५ गतेलाई तोकिएको छ । ।चलचित्रलाई भिम लामा, रामजी बिस्ट, छिरीङ लामा र उमेश तामाङ ra रोमियो लामाले संयुक्त रुपमा निर्माण गर्ने भएकाछन । चलचित्रमा धिरेन शाक्य, करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खडगी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूको मुख्य भुमीका रहेको छ । चलचित्र देशभरको सिनेमाहलहरुमा वितरण गर्ने वितरकको काम कुवेर फिल्म डिष्ट्रिव्युटर्सले गर्ने भएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता