धरान विशेष

धरानमा भित्रिने जारको पानी स्वास्थ्यकर नभएको अनुगमनका क्रममा पाइयो



धरान: उपभोक्ताले स्वच्छ खानेकुरा खान पाउन् भन्ने अभिप्रायले अनुगमनको अख्तियार पाएका सम्बन्धित निकायहरुले समय समयमा उद्योगी, व्यापारी व्यवसायी तर्साउने काम मात्र गरेका छन् । बर्षमा वा ६ महिनामा एक पटक अनुगमन गरेपछि कानमा तेल हालेर नियमन निकायकै कारण अनुगमन भएपनि सामाग्रीमा गुणस्तरीय आउन नसकेको हो ।

दुई महिना अगाडि धरान उपमहानगरपालिकाको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा ‘गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विरानगरले मोवाइल भेनले अनुगमन गरेको थियो । त्यसबेला पनि आधा दर्जन फर्ममहरुमा अनुगमन गर्दा लेबल प्रयोग नगरिएको बेकरी, दही र नौनी घ्युजस्ता म्याद गुज्रिएको सामाग्री विक्री वितरण गरिएको, दुग्धजन्य समाग्रीको म्याद गुजिएको मात्र हैन व्यवसायिक प्रमाणपत्र दर्ता समेत नभएको पाइएको थियो । हिजो मात्र ‘गंगा जल’ नामको शिलबन्दी पानीमा फोहोरको किरा जस्तो देखिने पानी बजारमा भेटिएको थियो ।

धरान ८ तीनकुने नाका जहाँ भारतको जोगबनी, शिलुगढीसहित सुनसरी, मोरङ, झापा लगायतका स्थानबाट खाद्य सामाग्री, पिय पदार्थ लगायतका सामाग्री भित्रिने मुख्य नाका हो। आज सोमबार विहान अनुगमन गर्दा दुधमा मिसावट भेटिएन भने १५६ वटा पानीको जार खान अयोग्य भएपछि नष्ट गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईका अनुसार अनुगमनको क्रममा दुधको तत्काल मोवाइल ल्याबमा परीक्षण गर्दा मिसावट नभएको पाइएको तर विक्रीका लागि नियमित उत्पादन गर्दै आएका उद्योगहरुले उत्पादन गरेको पिउने पानीको जार भने फोहोर, कुच्चिएको, पुरानो भटिएको थियो । ८ वटा विभिन्न उद्योगका १ सय ५६ वटा जार नष्ट गरिएको प्रमुख राईले जानकारी दिनुभयो । उहाँले यस्ता पानी उद्योगलाई प्रतिबन्ध लगाइएको बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी अनुसार गौमुखी गंगाजल प्रालि इटहरीको ५६ वटा पुरानो जार नष्ट गरिएको छ ,जयनेपाल जल उद्योग तरहराका ११ वटा, दिव्येश्वरी जल उद्योग इटहरीका २० वटा, पारीजात जल उद्योगको २९ वटा र हलेसी एक्वा तरहराको ४० वटा पुरानो जार नष्ट गरिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी कर्मचारी प्रकृति वस्तीले जानकारी दिनुभएको छ । उहाँले लेवल लगाएर सुधार गर्न र ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो ।
आफै अनुगमन गरेर धरान बजारका सर्वसाधारणलाई स्वस्थ खानेकुरा उपलब्ध गराउन उपमहानगरपालिका बजार अनुगमन महाशाखाको समेत अनुगमनमा उपस्थित रहेको थियो। महाशाखा अन्तर्गतका अनुगमन संयोजक अइन्द्र विक्रम बेघा, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई दुःख दिने र आतंकित पार्ने भन्दा पनि बजारमा स्वस्थ्य सामाग्री भित्र्याउँदै उपभोक्तामैत्री बजार बनाउन यो अनुगमनमा सहभागी भएको बताएका थिए ।

धरान भित्रिने खाद्य सामाग्री, पिय पदार्थ, दूधजन्य सामाग्रीको अनुगमन गर्दा अहिले मात्र यस्तो अवस्था भने हैन । बर्षौदेखिको समस्या हो । तर दशै तिहार नजिकिदै जाँदा मात्र गरिने यस्ता अनुगमनले तिब्रता पाउन गरेको छ । यस्ता मौसमी अनुगमनले उपभोक्ताको हित हुदैन । नियमित गरेर खान योग्य नहुने वस्तुहरुमाथि निगरानीसँगै उत्पादन गर्ने उद्योग, खरिद विक्री गर्ने व्यापारी व्यवसायीहरुलाई कारबाही गर्न सकेको खण्डमा मात्र अनुगमन प्रभावकारी हुने उपभोक्ताहरुले बताएका छन् । यसतर्फ अनुगमनक गर्ने निकायको ध्यान नगएको उपभोक्ताको आरोप छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।