सौन्दर्य

गरिमा तीज क्वीन बनिन अनिता तामाङ

धरान: हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले ‘गरिमा तीज उत्सव-२०८२’ सम्पन्न गरेको छ।
धरान-१ स्थित धुलिखेल समाजको हलमा शनिबार आयोजित ‘गरिमा तीज उत्सव’ कार्यक्रम अन्तरगत आयोजना भएको नृत्य प्रतियोगितामा ‘गरिमा तीज क्वीन-२०८२’ विजेता धरान-८ कि अनिता तामाङ भएकी छन्।

यसैगरी प्रतियोगिताको फस्ट रनरअप धरान-३ कि मेन्दो मोक्तान, सेकेन्ड रनरअप धरान-३ कि सोनी बिष्ट बनेकी छन्।
विजेता र उपविजेताहरुले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्यर, गरिमा डान्स सेन्टर धरानमा दुई महिना निशुल्क नृत्य सिक्ने अवसर सहित पुरस्कारमा प्राप्त गरेका छन्।

प्रतियोगिहरुलाई विभिन्न टाईटल अवार्ड समेत प्रदान गरिएको थियो। जसमा बेष्ट डान्स धरान-१० कि मनिता लिम्बू, मोस्ट एक्टिभ धरान-१३ कि सीतादेवि विश्वकर्मा, बेष्ट ड्रेसअप धरान-१० कि राधा बुढाथोकी, बेष्ट मेकअप धरान-१५ कि मीना पाख्रिन, बेष्ट चियरफूल धरान-१५ कि माया गुरुङ बनिन्।

यसैगरी बेष्ट स्माईल धरान-७ कि सम्झना बिष्ट, बेष्ट फिगर धरान-९ कि चन्द्र याख्खा, मोष्ट ईनरजेटिक धरान-१९ कि सरिता राई, मोष्ट चार्मिङ धरान-१५ कि रेणुका राई(लिम्बू) घोषित भए।

उपाधी बिजेताहरुले ट्रफी, स्यास, गिफ्टह्याम्पर, गरिमा डान्स सेन्टर धरानमा दुई महिना निशुल्क नृत्य सिक्ने अवसर पुरस्कारमा प्राप्त गरेका छन्।

उनीहरूलाई ट्रफी र पुरस्कार गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बू, नृत्य निर्देशकहरु बिनिता राई, सरस्वती योगी, धरान-१५ नम्बर वडा सदस्य रचना नेपाली, एशियन थाई फुड्स प्रा.लि.का सेल्स अफिसरद्वय अमित गुरुङ, भुवनमणि दाहाल, एलाईनेट जीम धरानका अध्यक्ष बिक्रम लिम्बू, अम्बिका तामाङले प्रदान गरे।

गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बूको सभापतित्व तथा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बरिस्ठ अन्कोलोजी, क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकहरु नृत्य निर्देशकद्वय सरस्वती योगी, विनिता राई रहेका थिए।
उक्त कार्यक्रममा गरिमा डान्स सेन्टर धरानको कलाकारहरुले विभिन्न तीजको गीतहरुमा नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे भने कार्यक्रम संचालन सन्जु राईले गरेकि थिईन।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
सौन्दर्य

महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान