
धरान: धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८२” (सिजन–२) को सेमिफाइनल शनिबार सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। -याडिकल लाइट नेपाल प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा पहिलो अडिसन पार गरेका ३८ प्रतिस्पर्धी मध्ये उत्कृष्ट १८ जनाले फाइनलमा पुगेका छन।
फाइनलमा प्रवेश गर्ने मध्ये मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, र लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल रहेका छन्।
त्यस्तै, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई र प्राप्ति बिक, सहिद स्मृति मा.वि.का बिशोक तामाङ, जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर, र सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ पनि फाइनलमा भिड्नेछन्।
फाइनलमा सुरक्षित गर्न सफल अन्य नामहरूमा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक रसाईली, किरातेश्वर मा.वि.की समिक्षा बिक, पब्लिक मा.वि. (फुस्रे) का ह्यापिसन लिम्बु, बिष्णु मेमोरियल मा.बि.की सुमेधा घिमिरे, साथै डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई छन्।
प्रतियोगिताका निर्णायक गायक प्राशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई रहेका थिए। आयोजक कम्पनीका अध्यक्ष तिर्थ कार्कीले भने, “गायनमा रुचि राख्ने विद्यार्थीलाई योग्य मंच प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्नु नै हाम्रो उद्देश्य हो।”
फाइनल प्रतियोगिता आगामी भाद्र तेस्रो हप्तामा हुनेछ। विजेताले रु. २५ हजार, फर्स्ट रनरअपले रु.१५ हजार, सेकेन्ड रनरअपले रु.७ हजार र थर्ड रनरअपले रु.३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रमको संचालन आहाना प्रधानले गरेकी थिइन्।