खेलकुद

धरानमा कोरा राइड साइकलिङ्ग च्यालेन्ज सम्पन्न


धरान: धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनसँगै साइकलिङ च्यालेन्जबाट उठेको फन्ट सामाजिक कार्यमा खर्चिने उद्देश्यले धरानमा शनिवार कोरा राइड साइकलिङ्ग प्रतियोगिताको आयोजना गरिएको छ । पेडलर्स धरानको आयोजनामा भएको सो प्रतियागितामा देशभरका २ सय भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो ।

शारीरिक तन्दुरुस्तीसँगै साइकलिङ्गको पवद्र्धनमा लामो समयदेखि जुटेकाहरु यो प्रतियोगितामा सहभागिता जनाएका छन् । स्वास्थ्यसँगै समूहमा रमाइलो महसुस हुने भएकोले पनि आफूहरु कोरा राइड्स साइकलिङ्ग प्रतियोगितामा भाग लिएको सहभागीहरुले बताएका छन् ।
साइकलिष्टहरुलाई एकताबद्ध बनाई भाइचाराको सम्बन्ध गास्न समेत यो प्रतियोगिताले सहयोग पुर्‍याएको पेडलर्स धरानका सल्लाहकार विनयलाल श्रेष्ठले जानकारी दिए ।
साइकलिङ्ग प्रतियोगितामात्र नभई धरानका विभिन्न धार्मिक क्षेत्रको परिक्रममा साइकलमार्फत गरिने भएकोले धरानको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने पेडलर्स धरानका अध्यक्ष किशन मास्केले बताए ।

नेपालमा सन् २०११ देखि शुरु भएको कोरा राइड धरानमा भने सन् २०१७ देखि बर्षेनी हुदै आएको छ । बिहान धरानको भानुचोकबाट शुरु भएको राइड विभिन्न चोक, धार्मिक तथा पर्यटकीयस्थलहरु हुदै ३२ किमीको दूरी पारपछि धरान १७ स्थित साकेला पार्कमा पुगेर समापन गरिएको थियो ।

प्रतियोगिताबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने गरिएको छ । विगतमा यसबाट उठेको रकम धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रलाई सहयोग, शैक्षिक सामाग्री वितरण, ह्विलचेयर वितरण लगायतमा सहयोग समेत गरेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक