समाज

मजदुर नेता लक्ष्मी बानियाँद्वारा जन्मदिनको अवसरमा पत्रकार कोषमा सहयोग



धरान: मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो ।
संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र दुःखीहरुको सहयोगमा सँधै तत्पर रहने उच्च मानवता भएको व्यक्ति भएको राईले बताउनुभयो ।
मजदुर नेता बानियाँलाई जन्मदिनको शुभकामना प्रदान गर्न कोशी प्रदेशका संस्थापक सभामुख प्रदीप भण्डारी, पूर्व सांसद जयकुमार राई, कोशी प्रदेश सभा सदस्यहरु विजय राई र रमेश बस्नेत, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, संगठनका केन्द्रीय, प्रदेश तथा नगर कमिटीका नेताहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले