
धरान: पूर्व पर्यटन मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले भने साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ ।
धरानका मेयर हर्क साम्पाङले धरान ४ ढुङ्गे पार्कमा किरातीको शालिक बनाएको बिरोध गरेको स्टाटस शेयर गरेपछी पूर्व मन्त्री किराँती बुधबार बिहान आफनो सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्नेगरि गाडिदिन आग्रह गरेका छन् ।
उनले भने ‘सालिक बनाउने र शालिकलाई पुजा गर्ने प्रथाको विरोधी हुँ । त्यसैले त्यो धरानमा बनाइएको मेरो सालिक कसैले नभेट्नेगरि गाडिदिनू ।’ पूर्व मन्त्री किराँतीको शालिक धरान ४ स्थित ढुङगे पार्कमा बनाईएको छ ।

किराँतीले कस्ले बनाईदिएको हो,त्यो शालिक आफुलाई थाहा नभएको र ज–जस्ले बनाईदिएको हो उहाँहरु सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु ।,’ तर त्यो शालिक कसैले नभेटने ठाँउमा गाडदिनु होला । शालिक पुजाँ गर्ने प्रथाको बिरोधी हुँ । मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै गरेको छैन । त्यो म शालिक बनाउन योग्य छैन ।’
फेसबुकमा उनले लेखेका छन्, ‘सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन । फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छुर ? त्यसैले त्यो बनाइएको सालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्नेगरि लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।’
मन्त्री किराँतीले अगाडि थप लेखेका छन्, ‘कुनैपनि विषयमाथि प्रतिकृया हेर्दा महसुस भयो कि, शब्दहरुले आफैँ आत्महत्या गरिरहेको छ। सामाजिक सन्जालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छ। त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थ्यकर हुन्छ होला भन्ने टिप्पणीकर्ताहरुप्रति पनि विनम्रताको साथ सुझाव गर्दछु। धन्यवाद।’
