
धरान: प्राणी जगतको कल्याण गर्ने एवम् वैद्धिक सनातन धर्मको बचाउ गर्ने अभियान स्वरुप शिवबाबा भक्त समाज नेपाल धरान ६ पानबारीले पितृ उद्धार अश्वमेध महायज्ञ ‘कोटी होम’ २०८२ हुने भएको छ ।
आगामी माघ १९ गतेदेखि फागुन १९ गतेसम्म एक महिना आयोजना हुने सो कोटीहोम सम्पूर्ण प्राणीहरुको रक्षासँगै धरान र केराबारीको सीमानामा पर्ने बृद्धगंगामा सुविधा सम्पन्न दाहसंस्कार निर्माण गर्ने रहेको शिव बाबा भक्त समाज नेपाल, धरान ६ पानबारीका अध्यक्ष रमेश कटुवालले जानकारी दिए । उनले बृद्ध गंगाको काखमा आयोजना गर्न लागिएको कोटीहोम लाखौ भक्तजनहरुको आवागमन हुने भएकोले धार्मिक पर्यटन प्रबर्धन समेत सहयोग पुग्ने बताए । उनले कोशी पदेशमै पहिलोपटक आयोजना गर्न लागिएको कोटीहोमको प्रमुख उद्देश्य विश्वमै वैद्धिक सनातन धर्मको प्रचार प्रसारको प्रारम्भ नेपालबाट भएको बताउदै वेद र ग्रन्थहरु प्नि नेपालबाटै लेखिएको भएकोले देवभूमि नेपालको बृद्धगंगाको जानकारी सवैलाई होस् भन्ने रहेको बताए । उनले कोटीहोम आयोजना गर्दा के कति खर्च हुने बताउदै पूर्वी भेगमा पहिलोपटक कोटी होमको आयोजना गर्न लागिएको दाबी समेत गर्नुभयो ।
उनले कोटी होममा पितृ दोष लागेका सम्पूर्ण भक्तजनहरुले कम्तीमा ८ कुण्डमा हवन गर्नुपर्ने, कालसर्प योग भएका सम्पूर्ण भक्तजनहरुले ८ कुण्डमा हवन गर्नुपर्ने लगायतका हवन गर्ने विधि समेत सो अवसरमा जानकारी गराएका थिए । उनले कोटीहोमा देव, पितृ र ग्रहको नाममा तुला दान, शैया दान, भूमि दान, नगद दान, व्राम्हण वस्त्र, गुरु भोजनलगायतका दान समेत गर्ने प्रावधान रहेका बताए ।
यस्तै कोशी प्रदेशका सांसद रमेश बस्नेतले कोशी प्रदेश सरकारले कोशी भर्खरै २०८२ लाई पर्यटन बर्ष घोषणा गरेको बताउदै धार्मिक पर्यटनको सम्भावना बढी भएको बताउनुभयो । उहाँले पौराणिक ग्रन्थमा उल्लेख भएका कुराहरु तथा आधारहरुमा कोशी पदेशमा हुन लागेको कोटी होमलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा हिन्दु सनातन धर्म बचाउ अभियानमा लागेका सनातन धर्मका अगुवा, स्थानीय बासिन्दा लगायतको ठूलो उपस्थिति रहेको थियो । यो कोटीहोमलाई सफल बनाउन हरतरहबाट सहयोग पुर्याउने उपस्थित सबैले प्रतिबद्धता समेत जनाएका थिए ।