धरान विशेष

झुपडीमा रोगसंग लड्दै रोशन: श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको अपिल

झुपडीमा रोगसंग लड्दै रोशन: श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको बिलौना


धरान: फुलिएर अजङ्गको पेट, हाडछालाको शरीर र मलिन अनुहार लिएर ओछ्यानमा ढलिरहेका ४० वर्षिय रोशन राई जीवनमरणको दोसाँधमा छन् । धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा सानो झुपडीमा रहेका उनको यो हालत हेर्दा यो समय उनि अस्पतालमा हुनुपर्ने हो । तर, श्रीमति र छोरीले उनको उपचार गर्नसक्ने अवस्था नभएपछि उनि घरमै यस्तो अवस्थामा बस्नु परेको हो ।
चारकोशे झाडीबाट दाउरा ल्याएर धरानमा बेचेर उनको परिवार धानिएको थियो । उनि बिहानै जङ्गल छिर्थे, साँझ दाउराको भारी बोकेर धरान बजारमा बेच्थे र त्यही कमाईले उनको तीनजनाको परिवार चलेको थियो । श्रीमति शान्ति तामाङ घरको काम गर्थिन कहिलेकाँही रोशनलाई सघाउँथिन छोरी शिवानी राई ११ कक्षा पढ्दैथिइन् ।
बैशाखदेखि उनलाई जण्डिस्ले सतायो, मृगौलामा पथरीया देखियो उनि बिस्तारै थलिँदै गए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गए उपचार गराए । तर, बिसेक भएन, लगातार अस्पताल धाए । रिपोर्ट आयो चिकित्सकले कलेजो फेर्नुपर्ने बताए, मृगौलाको पथरीया शल्यक्रिया गर्नुपर्ने सुझाए, औषधी लेखिदिए बचेको पैसाले औषधी किनेर खाए तर, चिकित्सकले भनेझै उपचार गर्न उनिहरुसंग पैसा थिएन ।
चिकित्सकले लिभर फेर्नुपर्छ १५ लाख जति खर्चहुन्छ भनेकाछन् त्यत्रो रकम कसरी निकाल्नु र घर चलाउनै गाह्रो भइरहेको छ उनकी श्रीमति शान्ति तामाङ बताउनुहुन्छ । पैसा अभावकै कारण अहिले लिभरको ट्यावलेट बाहेक अन्य कुनैपनि औषधी ख्वाउन नसकेको उहाँले बताउनुभयो । उपचार गर्न लैजाउँ पैसा छैन बिरामीको स्याहारका लागि आमाले समय दिनु पर्ने भएपछि आफ्नो पढाईलाई समेत असर परेको छोरी शिवानीले बताउनुभयो ।
मंगलबार बिहान राई निवासमा पुगेका मजदुर नेता भीमज्वाला राईसंग कुराकानी गर्दै श्रीमानलाई निको बनाउन सकिए कमसेकम दाउरा बेचेरै भएपनि जीवन चलाउन सकिन्थ्यो, छोरीलाई दुःख गरेर पढाउन सकिन्थ्यो उहाँले भन्नुभयो । आफ्नो श्रीमानको उपचारमा सहयोग गरिदिन सबैसंग उहाँले अनुरोध गर्नु भएको नेता राईले जानकारी गराउनुभयो ।
राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान सञ्चालन गरेको र यदि सिधै पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भीमज्वाला राईले बताउनुभयो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।