धरान विशेष

प्रतिष्ठानलाई बीमा बोर्डले रेफरल सेन्टर मात्र बनाएकोमा विभिन्न राजनीतिक दलको आपति


धरान: नेपालकै प्रख्यात अस्पतालको रुपमा परिचित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले रेफरल सेन्टरको रुपमा मात्र मान्यता दिएकोप्रति धरानका राजनीतिक दलहरुले आपत्ति जनाउदै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।
उनीहरुले जनताले पाउने संवैधानिक मौलिक अधिकार स्वास्थ्यजस्तो संवेदनशील कुरालाई जनताको मौलिक हकको खेलबार्ड गर्ने काम गरेकोप्रति खेद प्रकट गर्दै निर्णय तत्काल सच्याउन माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र धरान नगर कमिटी अध्यक्ष उद्धव लिम्बु, जनता समाजवादी पार्टी नेपाल धरान नगर कमिटीका अध्यक्ष ताजुव लिम्बु, नेकपा एकीकृत समाजवादी पार्टी धरान नगर कमिटीका अध्यक्ष रेवती रमण राईद्वारा संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्ण पत्रमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उप दफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था देखाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मिति २०८२/०३/२७ गते प्रकाशित सुचना मार्फत नेपाल सरकार अन्तर्गत संचालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई प्रथम सेवा केन्द्र तथा रेफरल केन्द्र दुबैको रुपमा प्रदान गरि रहेकोमा प्रथम केन्द्रको सेवा दिन नसकी रेफरल केन्द्रको रुपमा मात्र सेवा प्रदान गर्ने जानकारी प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।
उनीहरुले ध्यानाकर्षण पत्रमा धरान उपमहानगरपालिका भित्र कुनै पनि सरकारी स्वास्थ्य संस्था नरहेकोले धरानका जनताहरुको सरकारी तथा गुणस्तरीय स्वास्थ्य संस्था भनेकै विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र भएको जनाउदै सरकारले लिएको पछिल्लो नीतिले धरानका जनताहरु स्वास्थ्य बीमाको सेवा लिनको लागि पहिलो पल्ट नजिकको ईटहरी, ईनरुवा वा बराहक्षेत्रमा रहेको सरकारी अस्पतालमा जानु पर्ने बाध्य हुदा सर्वसाधारणलाई धेरै सास्ती भोग्नुपर्ने अवस्था हुने अवगत गराएका छन् । उनीहरुले् धरानका जनताहरुको हितलाई मध्यनजर गर्दै विपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्र र रेफरल सेवा केन्द्रको रुपमा कायम गरि गर्न ध्यानकर्षण पत्रमा अनुरोध गरेका छन् ।
उनीहरुले् भनेका छन्–‘सरकारको जहिले पनि जनताहरुलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने दायित्व हुन्छ । नेपालको संविधान २०७२ मा भएको मौलिक हक अन्तर्गत नेपाली जनताहरुले गुणस्तरिय स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाउने गरेको व्यवस्थाको प्रतिकुल हुने गरि स्वास्थ्य बीमा बोर्डको पत्र रहेको छ । यस कारणले विपी कोईराला स्वास्थ्य विज्ञान दुवै सेवा प्रदान हुने कुरामा हामी विश्वस्त छौं ।’
उनीहरुले रेफरल सेवा मात्र प्रदान गर्ने निर्णय नसच्याएमा कडा आन्दोलन गर्न बाध्य चेतावनी समेत दिएका छन् । उनीहरुले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै कोशी प्रदेश सरकार, स्वास्थ्य बीमा बोर्ड, बबरमहल काठमाण्डौ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धरान उपमहानगरपालिकाको कार्यालयमा समेत बोधार्थ दिएका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।