
धरान: निर्वाचन जितेसँगै समन्वयको भूमिकामा शून्य रहेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको एकल निर्णयले थालिएका नगरका कामहरु काम शुरु हुन साथ विवादित हुने गरेको छ । केही समय अगाडि धरान १६ मा निर्माण हुदै गरेको प्रहरी चौकी नबनाउन रोक लगाएको विषय, धरान १३ मा तार जाली लगाउने विषयमा भएको विवाद लगायतका नगरभित्रका यस्ता अनगिन्ती कामहरुमा मेयर राई विवादमा तानिदै आएका छन् ।
पछिल्लो समय विहीबार पनि नगर प्रमुख राईले समन्वय नगरी एकतर्फी ढंगबाट एकल ढंगले सेउती खोला च्यानलिङको कामको विषयमा धरान १५ मा रहेको बाँझगरा सामुदायिक वन क्षेत्र र धरान ५ को साउने बस्ती बिच झडपको स्थीती सिर्जना भएको थियो ।
नगरपालिकाकै जेसिभी प्रयोग गरेर प्रमुख राईले सेउती खोलाको तल्लो देउराली पुल दक्षिण पूर्व किनारामा च्यानलिङ गर्ने काम गरेपनि विवाद चुलिएको थियो । च्यानलिङको काम आफूहरुसँग समन्वय नै नगरी गरेको आरोप बाँझगरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको रहेको थियो ।
समितिका कार्यवाहक अध्यक्ष कुमार भारतीले स्थानीय सरकारको दायित्वभित्र पर्ने वन क्षेत्र स्थानीय सरकारले नै संरक्षण गर्ने दायित्व भएपनि नगरप्रमुख साम्पाङले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुसँग समन्वय नै नगरी बलजफ्ती च्यानलिङ गर्ने काम गरेको बताउनुभयो ।
स्थानीय सरकारले वन क्षेत्रको संरक्षण गर्नुपर्नेमा मेयर राईले करोडौंको लगानीमा सुरुवात भएको भक्तबहादुर क्रीकेट रंगशाला समेत च्यानलिङ गर्दा खतरामा पर्ने भएपनि आफूहरुले त्यसलाई रोक्न खोजेको प्रष्ट पार्नुभयो । उहाँले स्थानीय सरकारले जुनसुकै काम गर्दा सम्बन्धित पक्षसँग समन्वय गरेर काम गर्नुपर्ने प्रावधान भएपनि मेयर राईले वन ऐन २०७६ नियामवली २०८१ को विरुद्धमा गएर बलजफ्ती काम गरेको आरोप लगाउनुभयो ।
समाचार सम्प्रेषण गर्न गएका पत्रकारमाथि दुर्व्यबहार:
सूचना संकलन गर्न गएका सञ्चारकर्मीहरुमाथि स्थानीय मणिराज राई, कबि याक्खा लगायतका महिलाहरुले सञ्चारकर्मीमथि धाकधम्की, गाली गलौज र हातपात गर्ने प्रयास गर्दै गर्दा प्रहरी आएर रोकेका थिए । च्यानलिङ गरेको ठाउँमा विवाद चुलिएको जानकारी आएपछि सो स्थानमा समाचार संकलनका लागि सञ्चारकर्मी त्यहाँ पुगेका थिए । समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरु कपुरी न्युजका रश्मी प्रधान, पत्रकार महासंघ सुनसरीका कार्यसमिती सदस्री कोले न्युजका रोहित कुलुङ राई र गणतन्त्र एफ एमका रोहित बस्नेत (डेभिट) लाई स्थानीय मणिराज राई कवि याक्खा लगायत स्थानीय महिलाहरुले समाचार नलेख्न दबाब दिँदै भिडियो फोटो खिच्न रोक लगाउदै गाली गलौज अपशब्द भाषा प्रयोग गरेका थिए । पीडित पत्रकारहरुले कारबाही सँगै सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत दिएका छन् । यसैबीच घट्नाको भत्सर्ना गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारलाई गाली गलौज हातपातको प्रयास गर्दै समचार संकलनमा अबरोध गर्दै धम्क्याउनेहरुमाथि कारवार्हीको माग गर्दै विज्ञप्तीसमेत प्रकाशित गरेको छ ।