
धरान: धरानको खस्कदो व्यापारलाई चलायमान बनाउन आफूलै उम्मेद्वारी दिएको सुनसरी उद्योग वाणिज्य संघका अधयक्षका प्रत्यासी शिवराज श्रेष्ठले बताउनु भएको छ ।
उहाँले विहीबार धरानको होटल पूर्वी स्टारमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने क्रममा यस्तो बताउनु भएको हो ।
उहाँले कोरोना संक्रमणकालदेखि धरानको व्यापार व्यवसाय सुस्त बन्दै गएको तथा व्यापारी र व्यवसायी धरानबाट अन्यत्र सर्ने क्रम नरोकिएकोमात्र हैन कतिपय उद्योगी तथा व्यवसायीहरुले व्यवसाय नै सञ्चालन गर्न छाडेको तीतो यथार्थलाई मनन गरी धरानको पुरानो व्यापारिक शाखलाई जोगउनकै लागि पनि आफूले उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।
उहाँले व्यवसायीले पाउने करको झनझट बैंकको ऋण तिर्न नसकेर व्यवसाय छोड्न बाध्य भएका कुराहरुलाई सहजीकरण गर्न आफूले उम्मेद्वारी घोषणा गरेको बताउदै विगतदेखिको सिण्डिकेट तोड्न पनि आफूले उम्मेद्वारी दिएको समेत स्पष्ट पार्नुभयो ।
असार ३० गते सोमबार हुने निर्वाचनमा व्यवसायीले आफूबाट धेरै अपेक्षा लिएको बताउनुभयो । उहाँले अध्यक्षको उम्नेद्वारी अल्पकालीन समस्यामा केन्द्रित नभई धरान लेउती सुरुङमार्ग निर्माण भएको खण्डमा धरानको व्यापार व्यवसायमा थप सुदृढ हुने देखिएकोले सुरुङमार्ग निर्माणमा पहलकदमीलाई निरन्ता दिने स्पष्ट पार्नुभयो ।
यस्तै व्यवसायिक दृष्टिकोणमा महत्व राख्ने कोशीमा बन्ने किमाथांका राजमार्गको एकमात्र ड्राइपोर्ट धरानमा बनाउन पहल गर्ने जनाउर्दै हेलिप्याड निर्माणमा जोड दिने बताउनुभयो । उहाँले धरानको पर्यटनसँग जोड्ने धार्मिक पर्यटन र हेल्थ टुरिजमलाई समेत प्राथमिकतामा राखेर अगाडि बढने बताउनुभयो ।
उहाँले प्रस्तुत गर्नुभएको घोषणापत्रमा धरानको व्यापारिक इतिहाँसलाई फर्काउनको लागि धरान आसपासका क्षेत्र इटहरी, इनरुवा, रामधुनी चतरा र बराहक्षेत्र सँग आर्थिक गतिविधि बढाउन पहल गर्ने, ,धरान र रामधुनीलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्ने, धरानको कृर्षि वजारलाई नमुना केन्द्रको रुपमा विकास गर्न पहल गर्ने, तीनकुने औद्योगिक क्षेत्रको थप विकास गरि विशेष आर्थिक क्षेत्र बनाउन पहल गरिने, लगायतका कुराहरु घोषणापत्रम उल्लेख गर्नुभएको छ । उहाँले व्यवसायीको व्यवसायलाई प्रवद्र्धन गर्नका लागि झन्झटिलो कर नितिलाई बैज्ञानिक कर प्रणालीको विकास गर्नका लागि पहलकदमी गर्न आफ्नो भरपूर कोशिश रहने स्पष्ट पार्नुभयो ।
घोषणा सभामा उहाँले आफ्नो टिममा रहेका अन्य सदस्यहरुको नामावली समेत सार्वजनिक गर्नुभएको थियो । उहाँले घोषणा गर्नुभएको पदाधिकरीहरुमा वाणिज्य तर्फबाट सदस्यहरु अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्र बहादुर सुवेदी, सागर प्रसाँई, सीताराम आचार्य रहनु भएको छ। महिला तर्फ ममता साक्य रहनु भएको छ । यस्तै उद्योग वाणिज्य तर्फ उमेश अग्रवाल, खड्ग बहादुर वस्नेत(राजु) र शिवानन्द साह रहनु भएको छ भने एसोसिएट तर्फ राजु साह र राजेश अग्रवाल रहनु भएको छ । निर्वाचनमा मतदाताको सङ्ख्या २ हजार ९०४ जना रहेको निर्वाचन अधिकृत प्रा.डा शर्माले जानकारी दिए । उनका अनुसार वाणिज्य तर्फ १५ जना, उद्योग तर्फ ७ जना, एसोसिएट तर्फको सदस्यका ५ जना, वस्तुगत तर्फ ३ जना, वाणिज्य तर्फ महिला सदस्यको लागि २ जना गरी जम्मा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान एक, प्रथम उपाध्यक्ष एक, द्वितीय उपाध्यक्ष एक, कोषाध्यक्ष एक, महासचिव एक, उद्योग सचिव एक, वाणिज्य सचिव एक, प्रचारप्रसार सचिव एक गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान रहेको छ ।