
धरान: सन् १९८६ मा भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ्गमा भएको हिंसात्मक गोर्खालाण्ड आन्दोलनको पृष्ठभूमिमा प्रस्तुत गरिएको चलचित्र “विन्डो सिट” विशुद्ध नारी प्रधान चलचित्र रहेको निर्माण टिमको दावी छ । सिक्कीममा भएको विशेष शो मा दर्शकहरुले अत्यधिक रुचाएपछि निर्माण टिम यतिबेला नेपालका पुर्वका प्रमुख शहरहरुमा पनि बिशेष शो गर्ने तयारीमा छ ।
चलचित्रको पोष्ट प्रोडक्सनको सम्पुर्ण काम सम्पन्न भएको र प्रचार – प्रसारका लागि पनि विशेष शो को तयारीमा लागेको चलचित्रको लेखक तथा निर्देशक वंगेल शेर्पाले जानकारी दिए । चलचित्रको मुख्य विषय बस्तुनै नारीप्रधान भएकोले चलचित्रले निराशा, आशा, प्रेम र अराजकता हुदै यात्रा गरिएको चारवटा कथाहरूलाई एक(अर्कासंग जोड्दै प्रत्येकले समाजको विभिन्न कुनामा बस्ने मानिसहरूको जटिल संघर्षलाई प्रस्तुत गर्ने लेखक तथा निर्देशक शेर्पाको दावी छ ।
चलचित्रको कथाले राजनीतिक अशान्तिको क्रस फायरमा फसेको एउटा सानो परिवारको कथा ,बाँच्नका निम्ति त्यस परिवारले गर्न परेको संघर्षमा वैचारिक चरमपंथको कुरा , परिवारको प्रत्येक सदस्यले एक(अर्कालाई बचाउने प्रयासमा हृदयविदारक नियतिको सामना गरेको छ। राजनीतिक उथलपुथलको प्रहारले साधारण जीवन कसरी विडम्बनापूर्ण हुन पुग्छ भन्ने तितो सत्यलाई चलचित्रले देखाउने अपेक्षा निर्माण टिमको छ ।
चलचित्रको प्रत्येक पात्रको कथाले कमजोरी, अन्याय, पारिवारिक बन्धन र जीवनयापनका निम्ति भोग्न परेका संघर्षका विषयलाई महत्व दिएका छन्। विश्वासघात, शोषण वा राजनीतिक अराजकता विरुद्ध व्यक्तिगत लड़ाई भएको र यी कथाहरुले विश्वव्यापी सत्यलाई प्रतिनिधित्व गर्ने, जीवन श्रृंखलाबद्ध संघर्ष हो, जहाँ घोर अन्धकार रहेपनि मानव आत्माले सहनशील भई त्यस अन्धकारलाई उज्यालोमा परिणत गर्न सक्ने प्रभाव चलचित्रले छाडन सक्नेमा निर्माण टिम विश्वस्त छ ।
रोल सिनेमा एक्शनको प्रस्तुती रहेको चलचित्र “विन्डो सिट”को निर्मातामा माया शेर्पा,प्रमोद शेर्पा, शुभम चांडक,प्रशुन प्रधान,शुवेक्षा क्षेत्री,प्रणय प्रधान,अमृत सिंह, शुशोभन सरकार, पासाङ टासी भुटीया,अपराजिता सेनगुप्ता,,विनय सिन्चुरी र रितिका पुन मगर रहेका छन भने कार्यकारी निर्मातामा वंगेल शेर्पा र प्रयाग प्रधान रहेका छन । पन्नु गजमेरको कोरीयोग्राफी रहेको गीतमा उदय सोताङ,श्रुती बिश्वकर्मा र आशिष खातीको स्वर रहेको छ । चलचित्रको मुख्य सहायक निर्देशकमा सुजन लम्जेल, सहायक निर्देशकमा रिप्जुङ अंकित राई छन । हिमाल शर्मा क्यामेरा पर्शन रहेका छन भने, डिरेक्टर अफ फोटोग्राफी प्रयाग प्रधान हुन, प्रयागलाइ फोटोग्राफीको अशिष्ट भने दावा तामाङले दिएका छन । चलत्रिको सम्पादन निर्देशक वंगेल स्वयंले गरेका छन । कस्ट्युम र हेयर डिजाइनको काम वेदा क्षेत्री र निकिता चाम्लिङले सम्हालेका छन ।
चलचित्र “विन्डो सिट” को मुख्य कलाकारहरुमा मेनुका प्रधान,सुरक्षा पन्त,सोनाम डिकी शेर्पा,प्रविण सेन्चुरी,मालती क्षेत्री,हेलेन लेप्चा,जेसिका मुखिया,शुष्मा प्रधान,अभिगल बिश्वकर्मा,रुथ राई,लेक्जिमा भुटिया,सफल गुरुङ्ग,राहुल मुखिया,बिश्वराज परियार, फुप्देन शेर्पा,, सोनाम तामाङ्ग, बिश्वास गुरुङ्ग र कृषि क्षेत्री रहेका छन । नेपालमा हुने बिशेष शो हरुमा स्थानिय संयोजकको रुपमा जे.वी. टुहुरे फाउण्डेशन रहेको छ ।