धरान विशेष

मौसमी अनुगमन निस्प्रभावि: व्यवसायीहरुले गरेको प्रद्धिबद्धता अनुगमन पश्चात कर्यान्वयन गर्दैनन्


धरान: व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन ।
स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा ल्याउने अनुगमन महाशाखाले नियमित अनुगमन गर्नुपर्ने भएपनि मौसमी अनुगमन गर्ने गर्छ ।
यस्तै अनुगमनको अख्तियारी पाएर स्थानीय तहको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने गरे पनि स्थानीय तहले गर्ने अनुगमनभन्दा फरक छैन ।
शुक्रबार धरान उपमहानगरपालिकाको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा ‘गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विरानगरले गरेको मोवाइल अनुगमनका क्रममा अधिकांश फर्ममा व्यवसायीले मापदण्ड विपरीत सञ्चालनमा ल्याइएको पाइएको थियो । अनुगमनकर्ताले धरान २ मा रहेको मोहन दुग्ध पसल लगायतका आधा दर्जन फर्ममहरुमा अनुगमन गर्दा लेबल प्रयोग नगरिएको बेकरी, दही र नौनी घ्युजस्ता म्याद गुज्रिएको सामाग्री विक्री वितरण गरिएको, दुग्धजन्य समाग्रीको म्याद गुजिएको मात्र हैन व्यवसायिक प्रमाणपत्र दर्ता समेत नभएको पाइएको थियो । अनुगमन महाशाखका प्रमुख रहनु भएका धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राई, खाद्य निरीक्षण अधिकृत वीरेन्द्रकुमार दाश, प्रकृति वस्ती लगायतको टोलीले अनुगमन गर्दा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि सामान बरामद र चेतावनी दिने काम गरिएको थियो ।
सो अवसरमा बोल्दै धरान उपमहनगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले आधा दर्जन फर्महरुमा अनुगमन गर्दा लेवलिङ नभएका, म्याद गुज्रिएका सामाग्रहरु फेला पारिएको र त्यसलाई नष्ट गर्ने काम गरेको बताउनुभयो ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईले दुग्धजन्य पदार्थ तथा त्यसबाट बनेका परिकारहरुलाई कसरी उपभोग्य सामाग्रीहरु कति तापक्रममा राख्नु पर्ने भन्ने जानकारी नभएको र त्यस्ता सामाग्रीमा लेवल नटासिएका, लेवल टासिएका सामाग्रीमा समेत म्याद गुज्रिए पनि विक्री वितरणलाई निरन्तता दिइएको पाइएको बताउनुभयो ।
अनुगमनसँगै खाद्य सामाग्रीको गुणस्तर तत्काली तथा पाउनका लागि घुम्ती खाद्य प्रयोगशाला समेत प्रयोग गरिएको थियो । । उपभोक्ताको स्वास्थ्यमा खेलबार्ड गर्दै सञ्चालनमा ल्याएका यस्ता फर्म सञ्चालकहरुलाई कारबाही गर्न नसक्नु विडम्बना भएको उपभोक्तावादी संघ संस्थाहरुको ठम्याई छ । उनीहरुले अनुगमनको नाममा अनुगमन गरेर झारा टार्ने भन्दा पनि नियमित अनुगमन गरेर मापदण्ड विपरीत सञ्चालनमा ल्याइएका फर्महरुलाई हदैसम्मको कारबाही हुनुपर्ने धारणा राखेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।