व्यवसाय

यातायात ऐन बारे बसपार्कमा अन्तरक्रिया


काठमाण्डौं: सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असर बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ ।

बिहिबार भक्तपुरको ब्रह्मायणी बसपार्क च्यामासिं र बुढानिलकण्ठ बसपार्कमा चालक, परिचालकसंग संगठनका नेताहरुले भेटघाट गरी ऐनमा भएको व्यवस्था र संगठनले प्रस्तुत गर्ने सुझावका विषयमा अन्तरक्रिया गरेको हो ।
सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मार्फत ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ को दफा ६३ रहेको ज्यान मरेमा हुने सजाय सम्बन्धी उपदफा २ चालकहरु प्रतिकुल रहेको र त्यसलाई सच्याउन नसकिए चालकहरुले नेपालको जेल भरिने अवस्था आउने संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनुभयो ।
उक्त दफामा लापरबाही भन्ने शब्दावली भएपनि त्यसलाई परिभाषित गर्दै लापरबाहीका कन्डिशनहरु उल्लेख गरेर सुझाव पठाइएको र कैद सजाय ३ वर्षदेखि १० वर्षसम्म भन्ने उल्लेख भएकाले त्यसलाई समेत बढीमा १० वर्ष सम्म भन्ने सुझाव पठाइएको राईले बताउनुभयो ।
त्यस्तै दफा ६४ मा रहेको अङ्गभङ्गमा समेत श्रमिक प्रतिकुल व्यवस्था गरिएकाले त्यसलाई समेत परिमार्जनका लागि संशोधन तयार गरिएको अध्यक्ष राईले जानकारी गराउनु भयो ।
त्यस्तै चालक बन्न चाहिने लाइसेन्स लिने प्रकृयामा समेत आठ कक्षा उतिर्ण गर्नुपर्ने व्यवस्था रहेकाले यसलाई संशोधन गर्दै मान्यता प्राप्त ड्राईभिङ स्कुलमा तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने सुझाव गरिएको राईले मजदुरहरुलाई जानकारी गराउनुभयो । त्यस्तै चालकका लागि ६० वर्ष उमेरहदलाई ६५ वर्ष बनाइनुपर्ने समेत सुझाव दिइएको राईले बताउनुनुभयो ।
भेटघाटसंगैं सदस्यतापत्र वितरण तथा नविकरण सम्पन्न ।
मजदुरहरुलाई बसपार्कमै पुगेर भेटघाट गरिएको समयलाई सदुपयोग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र जिफन्टको सदस्यहरुको सदस्यतापत्र नविकरण तथा मजदुरहरुलाई नयाँ सदस्यता वितरण गरिएको छ ।
बुढानिलकण्ठका १३६ सदस्यहरुको सदस्यतापत्र नविकरण गरिएको छ । त्यस्तै १५ वटा नयाँ सदस्यता वितरण गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश सचिव शिवकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
त्यस्तै ब्रह्मायणी बसपार्कमा २३ जना मजदुरहरुलाई संगठनको सदस्यता वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई