मनोरञ्जन समाचार

नृत्य निर्देशक संघ (डिडान) सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न


धरान: नृत्य निर्देशक संघ (डिडान) नेपाल, सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सुनसरी जिल्लामा रहेर नृत्य निर्देशन पेशामा आवद्ध नृत्य निर्देशकहरुको पेशागत सुरक्षा तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले स्थापित उक्त नृत्य निर्देशक संघ सुनसरीको अध्यक्ष मणिकुमार लिम्बुको सभापतित्व र संघको कोशी प्रदेश समिति अध्यक्ष राजु बस्नेतको प्रमुख आतिथ्यमा (बुधबार) धरान-१२ स्थीत सिङ्कईन डान्स स्टुडियोमा भएको हो।

उक्त कार्यक्रममा संघका सचिव तुलसी घिमिरेले सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेश राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। यसैगरी उक्त संघमा साधारण सदस्यता लिएका सुनसरीका विभिन्न स्थानका २० जना नृत्य निर्देशकहरुलाई प्रमुख अतिथी राजु बस्नेत तथा सभापति मणिकुमार लिम्बुले प्रमाण पत्र वितरण गरेका छन्।
नृत्य निर्देशन पेशामा आवद्ध सुनसरी भरिका नृत्य निर्देशकहरुलाई संघमा आवद्ध गराई पेशागत सुरक्षा साथै क्षमता अभिवृद्धि गर्न आवश्यक विभिन्न तालिम, प्रशिक्षण र कार्याशालाहरुको आयोजना गर्दै संस्थागत विकासमा लागि पर्ने संघको भावी योजना रहेको अध्यक्ष मणिकुमार लिम्बुले बताए।
यसैगरी कार्यक्रमा प्रमुख अतिथी संघका प्रदेश अध्यक्ष राजु बस्नेतले नृत्य निर्देशक संघको प्रदेश तथा जिल्ला शाखाहरुको गठन भर्खरै मात्रै भएकाले छोटो समयमा चाहे जस्तो उल्लेखनीय कार्य गर्न नसकिएको र भावी दिनहरुमा नृत्य क्षेत्रका लागि विभिन्न कार्यहरु गर्ने बताए।
यसैगरी कार्यक्रममा विशेष अतिथीहरु बरिष्ठ चरिया नृत्य निर्देशक लक्ष्मी शाक्य, धरान नृत्य कला प्रतिष्ठानका अध्यक्ष नन्दा राई र चलचित्र पत्रकार संघ कोशी प्रदेश अध्यक्ष सन्जु राई (सुमित्रा)ले शुभकामना मन्तव्य प्रदान गरे।

यसैगरी कार्यक्रमा नृत्य निर्देशक संघका उपाध्यक्ष देवराज खड्का, गायिका तथा कलाकार शान्ति नाल्बो, कलाकार तथा चलचित्र निर्मात्री दिलु सुब्बा, धरान नृत्य कला प्रतिष्ठानका सचिव सन्तोष तामाङ, कलाकार मन्जु राईलगायतको विशेष आतिथ्य रहेको थियो। भने धरान, ईटहरी, बराहक्षेत्रलगायतका नृत्य निर्देशकहरुको उपस्थीति रहेको थियो। कार्यक्रममा संघको उपाध्यक्ष सानुराजा थेगिमले स्वागत मन्तव्य राखे भने गरिमा डान्स सेन्टर धरानका कलाकार टिका मगरले स्वागत नृत्य गरे।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता