मनोरञ्जन समाचार

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक

काठमाडौ: असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।

जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको। गीतले चलचित्रको कथावस्तु दर्शाउँछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २ सय जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता परियार , देवराज राज बंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।

मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता