धरान विशेष

सर्दुजलाधार क्षेत्रका पीडितहरुले मेयर र उपमेयरलाई सिमांकनको माग गर्दै ज्ञापन पत्र


धरान: बाझगरा एक घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमांकन पहल समितिले लामो समयदेखि सर्दुजलाधार क्षेत्रको नाममा रोक्का भएको हुदाँ समस्या भएको भन्दै आज सोमबार सिमांकनको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आईन्द्र बिक्रम बेघालाई समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले तत्कालीन राजा विरेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा २०३३ सालमा छोटी मोरङ्गको बनजंगल र पानी ढलो क्षेत्रलाई आधारमानी सुनसरी साबिक बाझगगरा ९ घोपा ७ मध्ये बाझगरा ९ क घोपा ७ घ, ङ बाहेकका क्षेत्रलाई सर्दुजलाधार संरक्षण क्षेत्र घोषणा गरेको भन्दै सो क्षेत्रमा बसोबास गर्ने जग्गाधनिहरु २०९ घरपरिवारलाई क्षेतीपूर्ति वापत मोरङ्गको बयरवनमा उपलब्ध गराई सकिएको अभिलेखबाट देखिएकोले स्पष्ट हुदा हुदै पनि सर्वसाधारणले अनावश्यक रुपमा दुःख पाएको गुनासो पोखेका थिए ।

पीडितका पक्षबाट संयोजक हरि कार्कीले बाझगरा ९ क र घोपा ७ घ र ङ जग्गाधनीका जग्गा २०७८ पौष महिना देखि निरन्तररुपमा जग्गा रजिष्ट्रेशन पास रोक्का र अनौपचारीक सोधपुछ गर्दा अख्तियार दुरुपयोग अनुसन्धानबाट सुनसरी साबिक बाझगरा ९ घोपा ७ को क्षेत्र पर्ने सबै कित्ताहरुको तत्कालीन श्रेष्ताहरु माग गरिए पछि सबै पठाइको र अहिले सो क्षेत्रमा घर जग्गा कारोबार तथा बैंक धितो नै रोक्का भएकोले सर्वसाधारण मारमा परेको बताएका थिए ।
सर्दुजलाधारको उठानक्षेत्र भित्र नपरेका भन्ने आधारहरु समेत पेश गरेका छन् । भूमिव्यवस्थापन तथा सहकारी गरिबि निवारण विभागका प्रशान्त घिमिरे आयोगको मिति २०७८ वैसाख २१ मा पेश गरेको प्रतिवेदनले बाझगरा ९ क घोपा ७ घ र ङ जग्गा सट्टाभर्नामा परेको नदिएको प्रतिवेदनमा उल्लेख गरिएको जनाएका छन् ।

यसैगरि बाझगरा ९ क घोपा ७ घ र ङ जग्गा सट्टाभर्नामा परेको नदेखिएको प्रतिवेदनबाट प्रष्ट हुँदा समेत जग्गा रजिष्ट्रेशन दृष्टिबन्धक रोक्का रहेको अवस्थाले गर्दा बाझगरा ९ क र घोपा ७ घ,ङ को जग्गा रोक्का फुकुवा तथा सिमाङ्कन पहल समितिले २०७२ माघ १२ सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय विभाग कार्यालय समेतको नाममा मुद्धा दर्ता गरिएको जनाएका छन् ।
मालपोत कार्यालय धरानले पछिल्लो लगतकट्टा ३१३ विघा २ कट्ठा १७.७५ नेपाल सरकाको नाममा श्रेष्ता मिलान भईसकेको अभिलेखबाट देखिएको मेयर साम्पाङलाई जानकारी गराउँदै लगत कट्टा हुन बाकी ३२ विघा ३१५. २५ जग्गा हाल विवादमा रहेको जनाएको छ ।
संयोजक कार्कीका अनुसार ३४५ विघा ४ कठा १२ जग्गा र सट्टा भर्नाको प्रक्रियामा नभएको तथा उठानक्षेत्र भित्र नपरेको मालपोत कार्यालय धरानले पछिल्लो लगत कट्टा ३१३ विघा २ कठ्ठा १७.७५ नेपाल सरकाको नाममा श्रेष्ता मिलान भई सकेको र बाझगरा ९ क र घोपा ७ घ, ङ को जग्गाको सिमांकन गर्न अपरिहार्य भएको जनाएका छन् ।

ज्ञापन पत्र बुज्दै मेयर हर्ज साम्पाङले सर्बोच्च अदालत भन्दा स्थानीय सरकार सानो निकाय भएकोले आफुले केही गर्न नसक्ने बताउनु भएको छ। अदालतले आदेश दिए अन्य काम छाडेर अमिनी लिएर तुरुन्त नाप्न आउने बताउनु भयो।

उपमेयर आईन्द्र बिक्रम बेघाले जनताको हित बिपरित कसैले निर्णय गर्नु हुदैन आफू सधै सर्दुजलधार पिडितहरु संगै रहने र आफुले सकेको र कानुनले दिएको अधिकार जनता कै पक्षमा गर्ने बताउनु भयो।

बेघाले सिमाङ्कनको प्रक्रिया अगाढी बढाउन सम्बन्धित मन्त्रालय विभाग समेतमा गर्नुपर्ने समन्वय वा सम्बन्धित वडा मताहतबाट स्थलगत सरजमिन मुचुल्का गर्न वा सम्बन्धित जग्गा धनी उपस्थित गराउन यो पहल समिति सक्षम रहेको बताउदै पहलकदमीमा पीडितहरुको पक्षमा भरपुर रहयोग रहने जनाएका छन् । उनीहरुले ज्ञापनपत्रको बोधार्थ वडा नं ४,१३ र २० नं वडा लगायत सम्बन्धित निकायमा समेत बुझाएका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।