कृषि

धरानमा सहभागी कृषि  सहकारी संस्थाको आयोजनामा धान रोप्दै, धान दिवश मनाए

 २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा सहभागी कृषि  सहकारी संस्था लिमिटेडद्वारा आयोजित धरान ६ पानमारीमा पन्चेबाजाँ सहित आज आईताबार ११ औँ “धरान धान रोपाई महोत्सव २०८२” सम्पन्न गरेको छ।

सहभागी  कृषि सहकारी संस्था लिमिटेड धरान ६ पानमारीका अध्यक्ष झुमा राईले विगत वर्षहरुमा पानमारीमा धान रोपाई दिवस मनाउदै आएको र यस बर्ष पनि त्यही निरन्तरता दिएको बताउनु भएको छ।
उहाँका अनुसार एक दशक अगाडीका बर्षहरुमा सामान्य तरिकाले जनशक्ति सहभागी गराएर रोपाइँ गर्ने चलन थियो।विगत ११ वर्ष देखि सहभागी कृषि सहकारी संस्थाको निरन्तर आयोजना र ६ नम्बर  वडाकार्यलय, पानमारीका सम्पूर्ण  टोल विकास  समिति, विभिन्न संघसंस्थाहरुको विशेष  सहयोग सँगै धरानका केही स्कुलका बिधार्थिहरुको सहभागीतामा पन्चे बाझागाजा सहित रोपाइँ गर्दै आएको बताउनु भयो।
धान महोत्सव कार्यक्रमका संयोजक दिशान श्रेष्ठले धरान महोत्सवको मुल नारा “धानबालीमा सघनता खाद्मय सुरक्षा र आत्मानिर्भता” रहेको बताउनु भयो।
 
धान रोपाई महोत्सवमा सहभागी स्कुलहरु पब्लिक  स्कुल , लिबर्टि रेसिडेन्टिएल स्कुल,धरान ईङ्गलिस स्कुल, हर्बन ईङ्गलिस स्कुल, धरान लिगामेन्ट स्कुल,आईडियल स्कुल, ऐभरेष्ट चिल्ड्रेनहोम सेकेन्डरी स्कुल, ज्ञानकुञ्ज रेसिडेन्टिल स्कुल, धरान ईङ्गिलिस वोर्डिङ्ग स्कुल, च्याम्पियन वोर्डिङ्ग स्कुल र आशा एकेडेमि स्कल रहेको थियो।

धान महोत्सवको समुद्घाटन वडा ६ का वडाध्यक्ष भुपेनद्र प्रसाद भट्टराईले गर्नु भएको थियो महोत्सवमा लगभग  हजारौंको  सँख्यामा उपस्थित रहेको थियो।

छुटाउनुभयो कि ?

कृषि

गाँउमा उत्पादित शुद्व कृषि सामाग्री उपलब्ध गराउदै धरान – १ मा रहेको “रैथाने स्टोर”

धरान: स्थानीय स्तरमै उत्पादन भएका कृषि सामाग्री लगायत अन्य सामाग्रीको प्रवद्वन गर्ने उद्देश्यले सञ्चालन गरिएको धरान – १ मा सञ्चालन
कृषि

सहभागी कृषि सहकारी संस्था लिमिटेडबाट धरान पानबारीका कृषकहरु लाभान्वित

धरान: कृषिलाई प्राथमिकताम राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान- ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको