धरान विशेष

गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२५’ सीजन ५ को सहभागीहरुलाई तालिम

धरान: गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२५’ सीजन ५ को सहभागीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।
बालबालिकाहरुको प्रतिभा अडिशन मार्फत पहिचान गरि, उचित तालिम प्रदान गरि तालिमको माध्यमबाट अझै प्रतिभा निखार्ने क्षमता अभिवृद्धि गर्ने र उनीहरूको ती प्रतिभा प्रस्तुत गर्न मन्च प्रदान गर्ने उदेश्यले आयोजित उक्त “चिल्ड्रेन ट्यालेन्ट हन्ट – २०२५” मा धरानका विभिन्न विद्यालयका २३ जना बालबालिकाहरू सहभागी रहेका छन्।
जसमा जुनियर ग्रुपका १४ जना र सिनियर ग्रुपका ९ जना रहेका छन्।
कक्षा युकेजी देखि ५ कक्षामा अध्ययनरत बालबालिकाहरुलाई जुनियर र ५ कक्षा देखि ९ कक्षामा अध्ययनरत बालबालिकाहरू सिनियर ग्रुप अन्तरगत रहेका छन्।
शनिबार गरिमा डान्स सेन्टर धरानको तालिम हलमा सम्पन्न ट्यालेन्ट राउन्डमा सहभागी बालबालिकाहरूले नृत्य, गीत, कराँते, उद्घोषण, भाषण कला प्रस्तुत गरेका छन्। उक्त ट्यालेन्ट राउन्डको निर्णायकहरु नृत्य निर्देशक, कलाकार तथा सनराईन ईङ्लीस बोर्डिङ स्कुल ईटहरीकी चेयरमेन लक्ष्मी लिम्बू र सामाजिक अभियानता तथा धरान लर्निङ सेन्टर धरान-१० का मेनेजिङ डाईरेक्टर लुईस जेम्स राई रहेका थिए।

सोही दिन सहभागीहरूले गुट-व्याट टच, सेनिटेशन, हेल्दि डाईट सम्बन्धि तालिम लिएका छन्।
उनीहरूलाई रोट्राक क्लब अफ धरान, घोपामा आवद्ध स्वस्थ्यकर्मीहरुले तालिम प्रदान गरे।
‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२५’ को ग्रुमिङ कक्षा अन्तरगत बालबालिकाहरूले विभिन्न तालिम लिएका हुन्।
जस अन्तरगत उनीहरूलाई ‘पब्लिक स्पीकिङ’ उद्घोषण तथा संचारकर्मी सन्जु राई (सुमित्रा)ले, क्याटवाक/र्याम्पवाक कलाकार तथा मोडल रोजनी लिम्बू, नृत्य सम्बन्धि तालिम नृत्य निर्देशक बिनिता राईले प्रदान गरेका छन्। भने फोटो सेसन लेन्स फोटो ग्राफीका प्रोपाईटर तथा फोटो ग्राफर प्रशान्त श्रेष्ठले गराएका छन्।
गत जेष्ठ २९ र ३० गते अडिशन गरि छनोट गरिएका उनीहरुलाई अन्य थप अन्य विभिन्न जीवन उपयोगी तालिमहरु प्रदान गरिने ट्यालेन्ट हन्टका तालिम निर्देशक सन्जु राईले जानकारी गराईन्।
अडिशन राउन्डमा गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बू, चलचित्रकर्मी तथा नृत्य निर्देशक सानुराजा थेगिम, नृत्य निर्देशक रीमा थापा मगर र ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२४’ सीजन ४ को सिनियर तर्फका विजेता आयुषा राई रहेका थिए।
अडिशनबाट छनौट भएका बालबालिकालाई ग्रुमिङ कक्षामा विभिन्न तालिम प्रदान पश्चात् ग्रान्ड फिनालेमा सहभागी गराई विभिन्न टाईटल उपाधी प्रदान गर्दै विजेता समेत घोषणा गरिनेछ।
‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२५’ सीजन ५ को विजेताले शील्ड, क्राउन, नगद ५० हजार सहित गरिमा डान्स सेन्टर धरानमा एक वर्ष निशुल्क नृत्य सिक्ने अवसर प्रदान गरिने छ।
यसैगरी फस्ट रनरअपले शील्ड, क्राउन, नगद २५ हजार सहित गरिमा डान्स सेन्टर धरानमा ६ महिना निशुल्क नृत्य सिक्ने अवसर र सेकेन्ड रनर अपले शील्ड, क्राउन, नगद १५ हजार सहित गरिमा डान्स सेन्टर धरानमा ६ महिना निशुल्क नृत्य सिक्ने अवसर पाउने छ।
ग्रान्ड फिनाले आगामी साउन ३ गते शनिबार हुने आयोजक गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बूले बताए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।