खेलकुद

धरान लेडिज फुटबल क्लबलाई मदन भण्डारी कपको उपाधि

धरान रङ्गशालामा जारी प्रथम अन्तर क्लब मदन भण्डारी कप महिला फुटबलको पहिलो संस्करणको उपाधि धरान लेडिज फुटबल क्लबले चुमेको छ ।
रङ्गशालामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा धरान लेडिज फुटबल क्लबले फेयर फुटबल क्लबलाई २–० गोलले हराउदै उपाधि हात पारेको हो ।
निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको २७ औ मिनेटमा लेडिज क्लबकी सुनिता राईले पहिलो गोल गरिन् । दोस्रो हाफको ७ औ मिनेटमा पनि उनै राईले दोस्रो गोल गरिन् ।
उपाधिसँगै धरान लेडिज फुटबल क्लवले नगद ५० हजार हात पार्यो । उपविजेता फेयर फुटबल क्लवले नगद २५ हजारमा चित्त बुझाउनु पर्‍यो ।
फाइनल खेलको वुमन अफ द म्याच लेडिज क्लबकी प्रतिक्षा राई घोषित भइन् । उनले नगद २ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिता को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै झिनु राईले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको बेष्ट गोलकिपर लेडिज क्लवकी बिनु राई, बेष्ट डिफेन्डर लेडिज क्लवकी आयुसा राई, बेष्ट मिडफिल्डर लेडिज क्लवकी खुष्मा राई, बेष्ट स्ट्राइकर फेयर क्लवकी प्रसंशा राई घोषित भई भने बेष्ट कोच लेडिज क्लवका अर्जुन राई भए । उनीहरू सबैले जनही नगद २ हजार सहित ट्रफी हात पारे ।
प्रतियोगितामा सर्वाधिक ६ गोल कर्ता लेडिज क्लवकी सुनिता राईले नगद २ हजार सहित ट्रफी हात पारिन । भने राइजिङ प्लेयर फेयर क्लवकी ईचिसा लिम्बु घोषित हुँदै नगद २ हजार पाए । फेयर प्ले अर्थात बेष्ट टिम पट्नाली फुटबल क्लव घोषित हुदै नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ मष्ट भ्यालुएबल प्लेयर लेडिज क्लवकी जोनु राई घोषित भईन । उनले नगद ५ हजार प्राप्त गरिन । प्रोत्साहन पुरस्कार लेडिज क्लवकी शिक्षा याक्खाले प्राप्त गरिन उनले ट्रफी सँगै फुटबल बुट प्राप्त गरिन ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक