खेलकुद

दोस्रो एम्स एसइई ६ के रन प्रतियोगिता हुने

धरान : एम्स क्रियटिभ ग्रुपको आयोजनामा यही असार १४ गते शनिवार दोस्रो एम्स एसइई दौड प्रतियोगिता हुने भएको छ। एम्स एसइई रन ६ किलोमिटर आयोजना गर्न लागिएको आयोजक एम्स क्रीयटिभ ग्रुपले जानकारी दिए ।

विद्यार्थीहरू बिच भाइचारा बढाउन, खेलकुदको शहरको रूपमा परिचित धरानलाई शिक्षा र खेलकुदको माध्यमबाट थप प्रोत्साहित गर्न दौड प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको आयोजक क्रियटिभ ग्रुपका अध्यक्ष सोयु श्रेष्ठले  बताईन ।

उनका अनुसार छात्र र छात्रा गरी दुई समूहमा प्रतियोगिता गराइनेछ । प्रतियोगितामा ३ सय ५० भन्दा बढीले सहभागिता जनाउने आयोजकको भनाई छ ।

दौडमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडीहरूले जनही नगद ५ हजार, ३ हजार र हजार नगदसहित ट्रफि, मेडल, प्रमाणपत्र पाउनेछन् । यस्तै,विजेताले एम्स एकेडेमीमा प्लस टु अध्ययनको छात्रवृत्ति पनि प्राप्त गर्नेछन् ।

पहिलो हुनेले शतप्रतिशत,दोस्रोले ७५ प्रतिशत र तेस्रो हुनेले ५० प्रतिशत छात्रवृत्ति पाउने प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिए ।

दौडमा सहभागी सबैलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट दिइने प्रिन्सिपल कोइरालाले जानकारी दिए ।

आयोजकका अनुसार विद्यार्थी बाहेकका खेलाडीले समेत दौडमा सहभागिता जनाउन पाउनेछन्। भने दौडमा सहभागी हुन चाहने बिद्यार्थीहरुको नाम निःशुल्क दर्ता गराइने पनि प्रिन्सिपल कोइरालाले बताए । ६ किलोमिटर दुरीको दौड प्रतियोगिता चतरालाइनस्थित एम्स एकेडेमीबाट सुरु भएर छाता चौक, सिंहदेवी माछाभौडी,भानु चौक, पुतली लाइन, दुर्गा चौक,बुद्ध चोक, मङ्गलवार,कल्याण चौक, पानीट्याङकी हुँदै एम्स एकेडेमीमा नै आएर समापन हुनेछ । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग रहनेछ।  

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक