सहित्य/सिर्जना

राष्ट्रिय कविता महोत्सव २०८२ः सुनसरीका कवि शमूएल पुरस्कारका लागि १० सर्वोत्कृष्टमा छनोट


धरान: नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८२ मा धरान, सुनसरीका कवि शमूएल कोइराला विश्वकर्माको कविता सर्वोत्कृष्ट १० पुरस्कार लागि छनोट भएको छ ।

असार ९ गते काठमाण्डौमा सम्पन्न वार्षिकोत्सवमा १० कवि र कविता पुरस्कारका लागि छनौट भएका हुन् । नेपालभरका कवि र कवितामध्ये धरान उपमहानगरपालिपका ८ का विश्वकर्मा र उनको कविता ‘नेपाल मेरो घर’ सर्वोतकृष्ट १० मा छनौट भएको हो । सहभागी कविमध्ये मूल्यांकन समितिले २५ कविता वाचनका लागि छनोट गरेको थियो । २५ जनाले वाचन गरेपश्चात १० जना सर्वोत्कृष्ट कवि र कविता पुरस्कारका लागि छनोट गरेको प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जारी गरेको सूचनामा उल्लेख गरेका छन् । यस्तै, कोशी प्रदेशबाट अर्का कवि मोरङका कर्ण सजय पनि छनोट भएका छन् । यस्तै, सिराहका अविनाश भट्टराई, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाई, रुकुम पश्चिमका तुलसी केसी, मकवानपुरका मिरमा (रमा सुवेदी), ललितपुरकी सन्ध्या महर्जन र चितवनका सिर्जन अविरल छनोट भएका हुन् ।
छनोट कविताहरु:

नेपाल मेरो घर
शमूएल कोइराला विश्वकर्मा
छन्द: शार्दूलविक्रीडित

धर्तीको अमरावती, सगरको माथा बनी बस्छु म ।
कालीका जलमा छु मै पुरुषको गाथा बनी बग्छु म ।।
मेरै हुन् सब शान्तिका रथहरू ती सुन्दरात्मा सब ।
भन्छन् बुद्ध हिमालमा सुर लिई, “नेपाल मेरो घर“ ।।
(१)
शिल्पी, ब्राह्मण, लिम्बु जे पनि भनुन् नेपालकै अंश ती ।
नेवारी, मिथिला, किराँत सब हुन् यो देशकै सन्तति ।।
बज्छन् च्याब्रुङ, खैजडी र पिपरी छन् तालमा मादल ।
सारङ्गी अब बज्छ हर्ष धुनमा “नेपाल मेरो घर“ ।।
(२)
माथाको हिमशैल चम्किरहने छन् नाग झै टाकुरा ।
झुल्छन् स्वर्ण मधेसको जमिनमा खेली बयेली सदा ।।
जो जो आउँछ रम्छ मुग्ध पनले बिर्सन्छ सारा पिर ।
सानो स्वर्ग छटा समान तल यो नेपाल मेरो घर ।।
(३)
गोर्खाली खुकुरी थियो, छ, जहिले योद्धाहरूको गति ।
मेरो यो इतिहास स्वर्णिम कथा लेखिन्छ आशा बनी ।।
आफ्नो प्राण सबै दिए सहिदले नेपालकै खातिर ।
टिष्टा यो अब भन्छ उच्च स्वरमा, “नेपाल मेरो घर“ ।।
(४)
काव्यानन्द बनी उदार मनले भाषा यहाँ बाँच्द छन् ।
नेपाली जन “सत्यमेव जयते’’ वेदान्त मान्दछन् ।।
छैनन् मर्नु यहाँ कुनै मुलुकमा यो देश भन्दा पर ।
यौटे वाक चिरेर आउँछ सदा, “नेपाल मेरो घर’’
(५)
लालीको रङमा मिलेर सब यो योटै कथा बन्द छन् ।
नेपाली छहरा पहाड गिरि ती ऐश्वर्यका सार छन् ।।
शालग्राम छ योग वेद सब छन् काव्यादिको उद्भव ।
लोभिन्छन् सब देव आउँन भनी नेपाल मेरो घर ।।
(६)
ऊषा काल हिमाल प्रज्वल हुने पूर्वीय यो भूमिमा ।
फैलिन्छन् अब ज्ञान विश्व भरमा नेपालकै नामका ।।
मेरा कौशल नित्य काल भर छन् संस्कार छन् सुन्दर ।
पाऊँ जन्म सदैव दैव्य तलमा नेपाल मेरो घर ।।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान